<

रौतहट,०६ गते असार । रौतहट–रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ को कार्यालयले पूर्णअपाङ्ग भएका व्यक्तीहरुलाइ सम्मान गर्नुका साथै खेलाडीहरूलाई खेलकुद सामाग्री वितरण गरेको छ । Open photoआज एक कार्यक्रमका बिच सो वडाका वडा अध्यक्ष चन्दन कुमार कुशवाहाले पूर्णअपाङ्ग भएका व्यक्तीहरुलाइ सम्मान गर्नुुका साथै खेलाडीहरुलाइ खेलकुद सामाग्री दिएका हुन् ।Open photo छुुट्टाछुुट्टै कार्यक्रम आयोजन गरि उनले सम्मान र खेलकुद सामाग्री दिएका हुन् । सो वडामा रहेको एक दर्जन पूर्णअपाङ्ग भएका व्यक्तीहरुलाइ दोसल्ला ओढाएर सम्मान गरिएको हो । Open photoआफूहरु सम्मानित हुन पाउँदा उनीहरुले हर्षित हुँदै वडा अध्यक्ष लाइ धन्यवाद ज्ञापन गरेका हुन् । Open photoत्यस्तै खेलाडीहरुको मनोबल बढाउन उनले वडा भरिमा रहेको सिनियर र जुनियर गरि ८ वटा टिमलाइ वडा अधयक्ष कुुशवाहाले क्रिकेट सामाग्री प्रदान गरेका हुन् । Open photoकटहरिया क्रिकेट टिमका कप्तान संजिप ठकुरीको अध्यक्षतामा वडा स्तरीय बजेटबाट सो वडाका खेलाडीहरूलाई कार्यालयले ब्याड,बल,विकेट, ग्लभ्स, लगायतका सामाग्री वितरण गरिएको हो । Open photoवडा लाइ दिइने कम बजेट बाट पनि आम सर्वसाधारणको मन जित्ने खालको कार्यक्रमहरु ल्याएर वडा अध्यक्ष कुशवाहा चर्चा बटुल्न सफल भएका छन् । Open photoउनले ९९ हजार रुपैयाँ बराबरको वडा स्तरीय बजेट बाट ति समाग्रीहरु खरिद गरेर वितरण गरेका हुन् । यसैगरि फुुटबल खेलाडीका लागि पनि उनले बाल उपलब्ध गराएका हुन् ।Open photo कार्यक्रमलाइ सम्बोधन गर्दै वडाध्यक्ष कुशवाहाले वडाभित्र खेलको विकासका लागि आफनो निरन्तर सहयोग रहने बताए । Open photoकार्यक्रममा बोल्दै वडा सचिव छोटेलाल मिश्राले स्थानिय सरकार आएपछि खेलाडीहरुलाइ खेलकुुद सामाग्री पाउन सहज भएको बताए । Open photoयता वडा सदस्य रामइश्वर राय यादवले खेलकुद सामाग्री पाएपछि राम्रो सँग खेल्न र वडाको नाम रौशन गर्न खेलाडीहरुलाइ अनुरोध गरेका थिए । Open photoसो अवसरमा स्थानिय बिनोद साह,आशमहम्द,यूवा नेता दिपक दुुब्बे,शिक्षक अचल शाही,गणेश साह कलवार लगायतका व्यक्तीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0