<

आरके श्रीवास्तव,राैतहट,३२ गते जेठ । 

कम भाेल्टेजकाे समस्या बाट जुझदै आएका राैतहटकाे गुजरा नगरपालिका वडा नम्बर ४ कनकपुरवासीले अब छिट्टै राहत पाउने भएका छन् । उक्त ठाउँमा नयाँ ट्रान्सर्फमर जडान हुने भएपछि साे समस्या अब हट्ने भएको छ ।  लाईन ट्रिप हुने, बारम्बार बति जाने र भाेलटेज कम रहने समस्या बाट पिडित रहदै आएका स्थानीयहरू अब उपरान्त साे झन्झट बाट मुक्ति पाउने भएका हुन् । नेपाली काँग्रेसका यूवा नेता साविर हुसेनकाे विशेष सक्रियताले कनकपुर बजारमा नयाँ ट्रान्सर्फमर जडान हुने भएको छ ।  स्थानीय सरकार आएको झण्डै ७ वर्ष हुनै लाग्दा कसैको यस प्रति चासाे थिएन् । वर्षाैदेखि जनताकाे सेवा सुविधा सँग जुडेकाे विधुत लाईनकाे समस्या हुँदा पनि स्थानीय सरकार बेखबर रहेको थियोे । तर यूवा नेता हुसेन जनताकाे समस्या समाधानका लागि लागिपरे अन्ततोगत्वा विधुत लाईनकाे समस्या हट्ने भएको हाे ।  केही दिन अघि यूवा नेता साविर हुसेनले ट्रान्सर्फमरकाे माग गर्दै नेपाल विधुत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रका प्रमुख ईन्जिनियर धिरेन्द्र यादवलाई ज्ञापन पत्र बुझाएका थिए । कनकपुर बजारमा रहेको २ सय केभिको ट्रान्सर्फमरले लोड तान्न नसकिरहेको भन्दै नयाँ थप ट्रान्सर्फमर जडान गर्न माग सहित ज्ञापन पत्र बुझाईएको थियोे । वडाको  सिफारिस सहित स्थानीय जनताको नेतृत्व गर्दै यूवा नेता साविर हुसेन चन्द्रनिगाहपुर वितरण केन्द्रमा पुगदा वितरण केन्द्र प्रमुख यादवले माग भए अनुसारको काम पूरा गर्ने प्रतिवद्वता व्यक्त गरेका थिए । साेही अनुसार बिहीबार यसकाे लागि नेविप्र चन्द्रपुरका कार्यालय प्रमुख यादव सहितको टाेलीले स्थलगत अनुगमन गरेको छ । साे अनुगमनको क्रममा वडा अध्यक्ष झमक प्रसाद चाैलागाई ,नेविप्रका कर्मचारी सहित स्थानीय भद्रभलादमी हरूकाे सहभागीता रहेको थियोे । अब साे ठाउँमा छिट्टै ट्रान्सर्फमर जडान हुने यूवा नेता हुसेनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0