<

आरके श्रीवास्तव,रौतहट,३२ गते जेठ ।
रौतहटको कटहरियामा आज प्रथम नगर स्तरिय किशोरकिशोरी सम्मेलन २०८१ सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर ५ स्थित रहेको विवाह मण्डप भवनमा स्थानिय स्तरमा किशोर किशोरी सम्मेलन गरिएको हो ।
यूएसआइडि र केयर नेपालको आर्थिक सहयोगमा र नेपाल यूवा संस्था संजालको सहजीकरण सो कार्यक्रम भएको संस्थाका फोकल पर्सन आनन्दी प्रसाद यादवले बताए । सो संस्थाले कटहरिया नगरपालिकामा दाइजो प्रथा न्यूनिकरण गर्न र समाजिक परिवर्तन गरि किशोरकिशोरीको प्रजन्न स्वास्थ्य सुुधार गर्ने लक्ष्यका काम गरिरहेको जनसेवा यूवा क्लवका अध्यक्ष रामअधार यादवले जनाएका छन् ।

स्थानिय स्तरमा किशोर किशोरी सम्मेलन अन्तर सिकाइ, नेटवर्किङ र किशोरकिशोरीका मुद्दाहरूको वकालत गर्ने उद्देश्यले आयोजन गरिएको थियो ।
स्थानिय स्तरमा किशोर किशोरी सम्मेलनमा बहस प्रतियोगिता, रोल प्ले (विभिन्न विषयवस्तुमा), प्रदर्शनीका लागि स्टल, च्याम्पियन्स बाट उत्कृष्ट अभ्यासहरू आदान–प्रदान गर्ने, युवा नेतृत्व जस्ता कार्यक्रमहरू आयोजना गरिएको थियो ।
सो कार्यक्रमको मुख्य उद्धेश्य किशोरकिशोरीहरूलाई एकअर्काबाट सिक्ने, सम्पर्क निर्माण गर्न र आफ्नो अधिकारको वकालत गर्ने रहेको थियो । जसले बहस र सांस्कृतिक कार्यक्रमहरू जस्ता गतिविधिहरू मार्फत युवाहरूलाई सशक्त बनाउँनु थियो ।
कटहरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शंकर यादवको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन जनसेवा कल्बका अध्यक्ष रामअधार यादवले गर्नुु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0