Exif_JPEG_420
<

 

मँजय राम,कटहरिया,चैत २७ गते

रौतहटमा महिला जनप्रतिनिधिहरुको प्रशिक्षण तालिम सम्पन्न भएको छ । जिल्लाको गौर नगरपालिकामा महिला जनप्रतिनिधिहरुको ४ दिने प्रशिक्षण तालिम सोमबार गौरमा अवस्थित सुष्मा पार्टी प्यालेसको सभा हलमा सम्पन्न भएको हो । माण्डवी संस्थाको आयोजानामा तथा आइएफइएसको प्राविधिक सहयोगमा संचालित शी लिडस् परियोजना अन्तर्गत गौर नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुको राजनितिक क्षमतामा विकासका लागि चौथो मोडयूलको प्रशिक्षण तालिम कार्यक्रम सम्पन्न भएको हो ।

माण्डवी सँस्थाले विगत वर्ष देखि निर्वाचित महिलाहरुको क्षमता विकास सम्बन्धि विभिन्न मोडयूलका प्रशिक्षणहरु दिदै आईरहेको छ । तालिममा १८ जना निर्वाचित महिला जनप्रतिनिधिहरुले सहभागिता रहेको थियो ।

सो प्रशिक्षण कार्यक्रम आफ्नो व्यक्तिगत उत्थानशीलता,बजेट निर्माण प्रकृया ,योजना तर्जुमाका प्रकृयाहरु,वार्ताका अवस्थाहरु तथा वार्ताका तरिकाहरु लगायत पैरवीका अवस्था तथा पैरवीका तरिकाहरुका बारे जानकारी र शक्ति सम्बन्धि जानकारी तथा प्रशिक्षण समेत गरिएको माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भयो ।

कार्यक्रमबाट आफुहरुले सिकेका ज्ञानहरुलाई व्यवहारमा लागु गरी आफ्ना वडा वस्तिको विकास गर्ने सहभागिहरुले जानकारी गराए । प्रशिक्षण कार्यक्रम चैत्र २४ गते देखि २७ गते सम्म चलेको थियो । सो प्रशिक्षण कार्यक्रममा सहभागीहरुको उत्साहजनक उपस्थिती रहेको प्रशीक्षकद्वय पुनम ठाकुर तथा सँजय कुमार यादवले जानकारी गराए । सो प्रशिक्षण कार्यक्रममा माणंडवीका सुरेन्द्र राय यादव तथा ममता सिँहको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0