<

रौतहट,२१ गे जेठ । रौतहट जिल्लाको माधव नारायण नगरपालिका वड़ा नम्बर ८ पिपरारजवाड़ामा घर बनाई दिने भन्दै रकम असुल गर्ने समूहका ६ जनालाइ रौतहट प्रहरी पक्राउ गरेका छन ! मधेश प्रदेश सरकारको शहरी विकास मंत्रालयले गरीव विपन्न बर्गको आवास निर्माण गर्न कार्यादेश दिएको भन्दै गरीव पिपन्न बर्ग संग रकम असुली गर्ने गिरोहका ६ जनालाइ प्रहरीले पक्राउ गरेको हो ! घर बनाई दिने भनी रकम ठगी गर्ने आरोपमा प्रहरीले स्थानीय माधव नारायण नगरपालिका वड़ा नम्बर ७ लौकहा निवासी रामचन्द्र माझीको छोरा ५२ वर्षीय रामनाथ माझी , रामचन्द्र माझीको ३२ वर्षीय छोरा प्रकाश माझी , गरुडा नगरपालिका वड़ा नम्बर ६ पोठियाही निवासी सूबेदार महराको छोरा ४० बर्षीय राकेश महरा , गरुडा नगरपालिका वड़ा नम्बर ९ निवासी रामबाबू ठाकुरको छोरा २५ वर्षीय सिकिंद्र ठाकुर लोहार , गरुड़ नगरपालिका वड़ा नम्बर ५ निवासी जिमदार महराको छोरा ७१ वर्षीय मुगलाल महरा र गरुडा नगरपालिका वड़ा नम्बर ९ निवासी श्रीराम लक्षण सहनीको पत्नी ४५ वर्षीय रामकली देवी लाइ पक्राउ गरेको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिएका छन ! पक्राउ परेका समूहले घर बनाई दिने भनी प्रलोभन दिखाई १० हजार देखि ४० हजारका दरले सयौ व्यक्ति संग लाखौ रकम असुल गरी ठगी गरेको प्रहरीको दावी रहेको छ ! रकम ठगी गर्ने आरोपमा पक्राउ परेका ६ जनालाइ हिरासतमा राखेर अनुसन्धनको कार्य अगाडी बढ़ाइएको प्रहरीले जनाएको छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0