<

रौतहट,२१ गते जेठ । रौतहट प्रहरी द्धारा भन्सार छलीको सामान बरामद गरिएको छ । हजारौं मूल्यको भन्सार छलीको सामान बरामद भएको छ । सोमबार बिहान प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा सो सामान बरामद गरेको हो । जिल्लाको गौर नगरपालिका वडा नम्बर ०१ स्थितमा भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी किराना र लत्ताकपडा लगायतका सर सामान मोटरसाइकिलमा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखि लोड रहेको सामान सोहि स्थानमा फाली मोटरसाइकिल लिई मानिस भागी फरार भएका थिए । सो स्थानमा प्रहरी टोली गई वेवारिसे अवस्थामा रहेको अन्दाजी मुल्य सतचालिस हजार पाँच सय रुपैयाँ बराबरको किराना सामान र लत्ताकपडा स्थानिय मानिसहरुको रोहवरमा बरामद गरी आवश्यक कारवाहीको लागी गौर भंसार कार्यालय रौतहटमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0