<

रौतहट,२१ गते जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले अबैध घरेलू मदिरा नष्ट गरेको छ । प्रहरीले करिब तयारी मदिरा १५ लिटर र कच्चा पदार्थ २०० लिटर नष्ट गरेको छ ।Open photo जिल्लाको गौर नगरपालिका वडा नम्बर ५ मा गस्ति गर्दे जाने क्रममा स्थानिय शुशिल श्रेष्ठले अवैध रुपमा संचालन गरेको मदिरा भट्टीबाट उक्त परिमाणमा मदिरा बरामद गरेको थियो । बरामद भएको मदिरालाई जिल्ला प्रहरी कार्यालयको कम्पाउण्ड भित्रै खाल्डो खनेर खन्याएर नष्ट गरिएको छ । संचारकर्मी तथा भद्रभलाद्मीको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक एलिजा गिरीले जानकारी गराएकी हुन् । Open photoआज बिहान गस्तीमा निस्केको प्रहरी टोलीले अबैध धरेलू मदिरा सँगै मदिरा बनाउन प्रयोग गरिने ग्यास १ वटा, ग्यास चुलो १ वटा र भाडाबर्तन ३१ वटा समेत नियन्त्रणमा लिई नष्ट गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0