<

रौतहट,२० गते जेठ । शितलपुर देखि मर्यादपुर जाने बाटो छेउछाउको अतिक्रमित जग्गा खाली गराइएको छ । रौतहटको फतुवा बिजयपुर नगरपालिका अन्तर्गत वडा २ अन्र्तगत रहेको सो सडक खण्डमा अतिक्रमण गरिएको जग्गाहरु खाली नाप जाँच पछि खाली गराउन लगाइएको हो । शनिवार सो वडाका वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजयले ऐलानी जग्गाको नाप जाँच गराएका हुन् । यस अघि वडा बाट भएको निर्णय बमोजिक सो जग्गा नाप जाँच गराएका हुन् । सो सडक खण्डलाइ २५ फिट चौडीकरण गर्नका लागि अतिक्रमण गरिएको जग्गा छोड्न भनिएको हो । वडाको सबै भद्रभलादमीहरु मिलेर सो ठाउँमा हाँपेर राखिएको जमिन छोड्न लगाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0