<
रौतहट,२० गते जेठ । रौतहटको मौलापुर नगरपालिकामा रहेको बर्थिङ सेन्टर प्रभावकारी बन्दै गएको छ । ग्रामीण क्षेत्रमा नै शहरी सुविधा पाउन थालेपछि सेवाग्राहीहरु लाभ लिन थालेका छन् । मौलापुर नगरपालिका भित्र रहेको बर्थिङ सेन्टर बाट हालसम्म ६ सय ६ जनाले प्रसुुती सेवा लिएका छन् । सो नगरपालिकाको वडा नम्बर ५ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका बर्थिङ सेन्टरबाट हालसम्म ६ सय ६ जनाले सेवा लिएको मौलापुुर नगरपालिकाका स्वास्थ्य संयोजक अच्छेलाल साहले जानकारी गराए । यस अघि न्यून संख्यामा सेवा लिदै आएका सेवाग्राहीहरु सेवा सुविधा राम्रो पाएपछि आकर्षित भएका हुन् । सो बर्थिङ सेन्टरमा सुत्केरी गराउन तालिमप्राप्त स्वास्थ्यकर्मी राखिएको मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहले जानकारी गराएकी हुन् । आइतवार नगर प्रमुख साह सहितको अनुुगमन टोली प्राथमिक स्वास्थय केन्द्र पतौरा वर्थिङ सेन्टर र कृषि तथा पशु अस्पतालमा पुुगेको थियो । अनुुगमनकै क्रममा सेवाग्राहीको संख्या बढेको भन्दै जानकारी गराइएको थियो । प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको बर्थिङ सेन्टरमाचौबीसै घण्टा सेवा दिइदै आएको छ । सो बर्थिङ सेन्टर बाट मौलापुर सहित देवाही गोनाही,फतुुवा बिजयपुर सहितका पालिकाका सेवाग्राहीहरु लाभांवित हुँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1