<

रौतहट,१५ गते जेठ । रौतहटको कटहरिया नगरपालिकामा आइपीभी खोप कार्यक्रमस दोस्रो चरणमा सञ्चालन हुने भएको छ । ‘आइपीभी खोप कार्यक्रम २०८१’ पूर्ण रूपमा सफल बनाउन अभिमूखिकरण कार्यक्रम गरिएको हो । कटहरिया नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पोलियो रोग उन्मूलनका लागि पालिका स्तरीय सरोकारबालाहरु सँग सो कार्यक्रम गरिएको हो । No description available.दोस्रो चरणमा कटहरिया सँगै बौधीमाइ ,राजपुर, इशनाथ, गौर राजदेवी, देवाही गोनाही, कटहरिया, माधवनारायण र परोहा नगरपालिकामा २१ देखि २६ गते सम्म सञ्चालन हुने भएको छ । २०७३ वैशाख १ गतेदेखि २०७५ असोज मसान्तभित्र जन्मिएका बालबालिकाहरूलाई आइपिभी खोप लगाउने योजना रहेको कार्यक्रममा जानकारी गराइएको हो । No description available.कार्यक्रममा नगर प्रमुख अजय प्रकाश जयसवाल लगायत सहभागीहरुले यस अभियानलाई पूर्ण रूपमा सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट सक्दो योगदान दिन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0