<
राैतहट,१७ गते जेठ । रौतहट — बर्षाका कारण बाढीबाट हुने मानवीय र धनजनको क्षति कम गर्न तथा लाल बकैया नदीमा जडान गरिएको पूर्व सूचना प्रणाली (साइरन) को दिगोपनाका लागि आज सरोकारवालाहरु बीच सँयुक्त रुपमा एक कार्यक्रम बीच सम्झौता गरिएको छ । रौतहट जिल्ला अन्तर्गत लाल बकैया नदीका कारण स्थानियले बर्सेनि डुबानको समस्या झेल्दै आएका छन् । बर्खाको बेला बर्सेनि डुबानबाट ठूलो क्षति ब्यहोर्दै आएको जिल्ला बासीको लागी यसपटक पूर्वचेतावनी प्रणाली (साइरन)ले फाइदा हुने देखिएको छ । माण्डवी संस्थाको पहलमा इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) ले लाल बकैया नदीका विभिन्न पुलहरु लगायत जिल्ला प्रशासन कार्यालय गौरको भवनको छतमा बाढी पूर्व सूचना प्रणाली (साइरन) जडान गरिएकोमा सोको दिगोपनाका लागि प्रभावित नगरपालिका, गाउँपालिका तथा सरोकारवाला पक्षहरु बीच सँयुक्त रुपमा अक्षय कोष स्थापनका लागि सम्झौतामा गरेको हो । सम्झौता अनुरुप प्रभावित नगरपालिका तथा गाउँपालिकाहरुले न्युनत रुपमा एक लाख सम्म अक्षय कोषका लागि बजेट विनियोजन गर्नेछ । साइरन बजेको एक किलोमिटर सम्म सुन्न सकिन्छ । पानी जोखिम व्यवस्थापन, जलवायु र वातावरणीय जोखिम न्यूनीकरण गर्ने कार्यमा काम गर्दै आएको इसिमोडले बाराको लालबकैया नदीमा बाढी मापनयन्त्र र त्यहीँ रहेको सशस्त्र प्रहरीको क्याम्पमा पूर्व सूचना प्रणाली जडान गरेको माण्डवीकी अध्यक्ष अन्जु झाले बताइन् । अध्यक्ष झाका अनुसार बाराको निजगढ नगरपालीका–३ स्थित धन्सार खोलाका वर्षा मापन गर्न यन्त्र जडान गरेको छ । पूर्व सूचना प्रणाली(साइरन) बजेपछि मानिसहरु सचेत हुन्छन् । यसले मानवीय साथै भौतिक क्षति कम गराउनमा मद्दत पुग्छ ।’ लालबकैया नदीको बाढीले बारा र रौतहटस्थित नदी किनारमा बसोबास गर्ने समुदायलाई असर गर्दै आएको छ । समुदायमा आधारित बाढी पूर्व चेतावनी प्रणाली (साइरन)ले डुबान क्षेत्रका बासिन्दालाई ठूलो राहत पुग्ने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनु भयो । साइरन बजेपछि स्थानीय सचेत हुने र सरक्षित स्थानमा बस्न सक्ने हुँदा यसको प्रभावकारी धेरै हुने अनुमान गरिएको छ । झाले सदरमुकाम गौरमा कटहरिया, परोहा, गौर, मौलापुर, बौधीमाई, फतुवा विजयपुर लगायत लालबकैया नदीबाट प्रभावित १३ वटा नगरपालिकाका प्रमुखहरु तथा प्रशासकीय अधिकृतहरुलाई बोलाएर समुदायमा आधारित बाढी पूर्व सूचना प्रणाली (साइरन) को दिगोपनका बारे जानकारी गराएका थिए । २०५० सालदेखि यस जिल्ला डुबानमा पार्दै आएको छ । लालबकैया र वाग्मतीमा बर्खाको बेला पानीको सतह बढेर ६.५० पुग्ने गरेको छ । यो भनेको खतराको संकेत हो । तराई, मधेसका जिल्लामा प्राकृतिक विपत्तिको सधैं त्रास हुन्छ । त्यसमा पनि रौतहटमा वाग्मती र लालबकैयामा आउने बाढी बस्ती पसेपछि बर्सेनी डुबान झेल्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1