<

 

प्रेमचन्द्र झा,राैतहट,जेठ ०७ गते

गाैर भन्सार कार्यालयमा स्थानियको सिन्डिकेट बाट चल्ने गरेको स्थानिय कर्मचारीहरुले आरोप लगाएका छन । गाैर भन्सार कार्यालयको एजेन्टका रुपमा रहेका केही एजेन्टले नै दादागिरी चलाएका हुन। एक कर्मचारीले भने “दादा” ले नचाहदैमा गाैर वडा नम्बर १ का केही परिवार वाहेक न लिलाम सकार गर्न पाउंछ ।

लिलामी सकार गरि सकेका समान समेत उठाउन सक्दैन्न। हामी सुचना टांस गरि रहेका हुन्छाै तर भन्सार एजेन्ट रुपी दादाको दहसतले गाैर बाहिर मानिसको सहज आवागमन नै छैन । भित्र आएर पनि के गर्ने समान लिन सकदैन । लिए पनि बाहिर लैजान सकदैन उनले भने । भन्सार विभागले दिएको राजश्व उठाउने लक्ष्य समेत यसै कारणले पूरा भईरहेको छैन ।कमि कमजोरीले ताेकेको राजश्व नउठनु देशकै आर्थिक नोक्सानी भईरहेका छन ।

भन्सारमा समान उठाउन अघाेषित सिन्डिकेट ताेडन सराेकारवालाकाे गम्भीर ध्यानाकर्षण हुन जरुरी रहेकाे कार्यरत कर्मचारीले माग गरेका छन । विभिन्न मुद्दामा पक्राउ गरि लिलाम लागि थन्क्याएर राखिएको करिब २ हजार माेटर साईकलले अस्तव्यस्त भएका छन ।गाैर भन्सार क्षेत्रमा रहेको प्रहरी चाैकी मोटर साइकलले पुरिएका छन ।

२१लाखको १३ सय बोरा युरीयामल १० लाख रुपैयामा लिलाम गरे पछी गाैर भन्सार कार्यालय निकै चर्चा पाएका छन । सो घटना बारे जिल्ला प्रशासन कार्यालय राैतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र सहितले अनुसन्धान गरिरहेका छन ।

गाैर भन्सारको मल लिलामीमा समेत भन्सार एजेन्ट पवन साहले ठुलो चलखेल गरि हाल फरार रहेको जिल्ला प्रशासन कार्यालय राैतहट स्रोतले बताए । यसबारे भन्सार प्रमुख वादेव नेपाल संग बुझदा यहाँ दुई जना एजेन्ट छन । पवन साह र काैसल साह दुवैको कमिकमजोरी बारे सूक्ष्म तवरले अनुसन्धान हुने वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0