<

 

चन्द्रपुर,८ जेठ ।

जिल्लाको चन्द्रनिगाहपुरमा रहेको माछापुछ्रे बैकको शाखाबाट एक सेवाग्रहीको ९ लाख रकम गायब भएको छ । आईतबार ८ लाखको चेक साट्न गएका बृन्दावन नगरपालीका(३ का रामेश्वरराय यादबको खाताबाट रहस्यमय तरिकाले रकम ९ लाख गायब भएको हो । अघिल्लो दिन सम्म उनको खातामा १२ लाख २० हजार रकम जम्मा थियो । पुर्व वडा अध्यक्ष समेत रहेका यादवको खाताबाट एकाएक रकम गायव भएपछि दिनभर ठुलो संख्यामा आएका स्थानीय बासिन्दाले बैंक घेराउ गरेका थिए ।

बिहिबार बिहान उनले १२ लाख २० हजार रकम माछापुछ्रे बैंकमाजम्मा गर्न चेक (क्लिरियन्समा) दिएका थिए । शुक्रबार दिउसो ३ बजे उनको खाता नम्बर ७५००६५३८२८०००१४ मा पैसा जम्मा भएको मोबाईलमा म्यासेज समेत आएको थियो । आईतबार ८ लाखको चेक लिएर साट्न गएका यादबको खाताबाट ९ लाख पैसा गायब भएको बैंकका कर्मचारीले जानकारी दिए पछि उनी मुर्छित भए ।

त्यस पछि उनी बैंकको शाखा प्रमुख रामजी दासलाई भेटर खाताबाट कसरी पैसा गायब भयो भनेर सोध्न थाले । प्रमुख दासले ह्याकरले पैसा लगेको जवाफ दिए । ‘ह्याकरले यादबको खाताबाट पैसा तानेको छ,‘दासलेभने,‘यसमा हामि केही गर्न सक्दैनौ ।’ सेवाग्रहीको खाताबाट रकम गायब भएको जानकारी पाए पछि पनि प्रमुख दास जिम्मेवारीबाट पन्छिन खोजेका छन् ।

दासले खातावालाई आफै पत्ता लगाउनु भने पछि बैंकमा पिडितका आफन्तले केही बेर होहल्ला गरेका छन् । त्यस पछि बैंकमा तनाब भएको थियो । साझ सम्म पिडितका आफन्तहरु ठुलो संख्यामा बैंकमा जम्मा भएका छन् ।
ईलाका प्रहरी चन्द्रनिगाहपुरबाट प्रहरीको टोली पुगे पछि घट्ना बारे अनुसन्धान थालेको जनायो । पिडित यादबले बैंककै कर्मचारीको मिलोमतोमा पैसा गायब भएको आरोप लगाए ।

‘मेरो खाताबाट पैसा गायब भएको भनेर बिहानै जानकारी गराउदा समेत बैंक प्रमुख दासले बेवास्ता गरेका छन्,‘उनलेभने,‘खाताबाट धमाधम रकम निस्कदा बैंकले रोक्न सकेन् । यसैमा मिलोमतो छ ।’ यादबको खाताबाट पैसा निकालीएको सुचना पाए पछि प्रमुख दास चुप बसेका थिए । त्यस पछि पिडित आक्रोसित बनेका हुन् ।

उनको खाताबाट ९८६०१०१०२२, ९८०१५३३५४२, ९८२५०७४४०० र ९८२४२५५६३१ नम्बरको मोबाईल प्रयोग गरि रकम निकालेको पाइएको छ । यादबको खाताबाट निकालेको रकम सिटिजन, सानीमा बैंकमा टूान्सफर भएको प्रमुख दासले जानकारी दिए । बैंक स्टेटमेन्ट माग्दा समेत बैंकले आनाकारी गरे पछि शंकाको घेरामा राख्दै गायब भएको पैसा खोज्न दबाब दिएको हो । ईलाका प्रहरी चन्द्रनिगाहपुरका डिएसपि एकनारायण कोईरालाले यादबको खातबाट रकम गायब भएको बारे अनुसन्धान थाल्ने बताए । ‘हामि अतिनै सम्बेदनसिल भएर घट्नाको अनुसन्धान थाल्छौ,’ उनलेभने,‘यसमा जसजसको सलग्नता भेटिन्छ सबैलाई कानुनको दायरामा ल्याउछौ ।’

घट्ना बारे मधेशप्रदेशका डिआईजी जनक भटराईले समेत चासो देखाएका छन् । बृन्दावन नगरपालीकाका पूर्व मेयर रामस्नेही राय याबद एमाले नेता प्रेम शंकर यादब लगायत पिडितका आफन्तहरुले बैक प्रमुख दास जवाफदेही नभएको भन्दै माथिल्लो निकायमा जाने बताएका छन् । पिडित बै.क कर्मचारी बिच राती १० बजे सम्म पनि सहमती हुन नसकेपछि आज सहमती र अनुसन्धानको प्रक्रिया अगाडी बढाउने गरी राती कुरा मिलेको थियो ।तराई एक्सप्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0