<
राैतहट,१५ गते जेठ । मधेश प्रज्ञा प्रतिष्ठान जनकपुरधामले बज्जिका साहित्य संगम रौतहटसित सहकार्य गरेर रौतहटको गरुडामा अन्तरसम्वाद कार्यक्रम आयोजना ग¥यो । संगम अध्यक्ष किशुनदयाल श्रीकृष्णको सभापतित्वमा भएको कार्यक्रममा रौतहटका भाषासेवी, साहित्यकार, कलाकार, नाट्यकर्मी तथा सञ्चारकर्मीहरु गरी करिब चौरासी जनाको सहभागिता रहेको थियो । भाषा, साहित्य, कला, संस्कृति, गीत–संगीत र नाट्य गरी ६ विधामाथि विमर्श गरी ६ समूहले समस्या, समाधान र चुनौती प्रस्तुत गरेका थिए । करिब सबै समूहले प्रतिष्ठानसित साहित्यकार, कलाकार, संगीतकारलाई वृत्ति विकासमा सहयोग गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठान अध्यक्ष रामभरोस कापडी भ्रमर, प्रा.डा. देवनारायण यादव, दिनेश यादवका साथै अनिता–शिव प्रतिष्ठानका संरक्षक शिवचन्द्र साह, बिन्दा साहनीसहितका वक्ताहरुले भाषा, साहित्य, कला, संगीत तथा नाट्य विधाको अवस्थाबारे प्रकाश पारेका थिए । कार्यक्रमको समीक्षा गर्दै साहित्यकार रेणु गुप्ता र सञ्जय साह मित्रले मधेश प्रज्ञा प्रतिष्ठानको कार्यक्रममा समग्रमा सुधार गर्नुपर्ने धेरै पक्ष रहेको बताएका थिए । कार्यक्रमको संचालन बज्जिका साहित्य संगम रौतहटका सचिव रामअधार पासवानले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1