<
रौतहट,०७ गते जेठ । रौतहटको दक्षिणी भेग बौधीमाइ नगरपालिकामा नयाँ प्रविधि बाट डिडब्लूसी पाइप द्धारा ढल निर्माणको काम भइरहेको छ । आधुनिक प्रविधिले सम्भवतः मधेश प्रदेशमै नमूना काम भइरहेको दाबी गरिएको छ । बाटोको बिच भागबाट सो पाइपको प्रयोग गरि ढल निर्माणको काम भइरहेको छ । सो नगरपालिकाको वडा नम्बर ५ मा ७ सय मिटर,वडा नम्बर ६ मा ५ सय मिटर र वडा नम्बर ७ मा २ सय मिटर ढल सो प्रविधिबाट निर्माण भइरहेको बौधीमाइ नगरपालिकाका इन्जिनियर नन्दलाल कुमार यादवले जानकारी गराएका हुन् । उनका अनुसार वडा नम्बर ५ मा ६५ लाख,वडा नम्बर ६ मा ३० लाख र वडा नम्बर ७ मा १५ लाखको लागतमा ढल निर्माण भइरहेको छ । निर्माणको क्रममा बजेट थप हुन सक्ने उनले बताए । यो प्रविधिले ढल निर्माण भएपछि दुुर्गन्ध बाट बच्ने,लामखट्टुे नहुने र आवत जावतमा समस्या नहुने सब इन्जिनियर पवन यादवको भनाइ छ । उनी भन्छन् यो प्रविधि बाट नाला निर्माण भएपछि करिब ६ फिट जग्गा बचत हुनेछ । धेरै जसो ठाउँमा विवादका कारण ढलान नाला निर्माण हुन सकिरहेका हुुँदैन्न् । त्यसको लागि यो प्रविधि एमदमै राम्रो हुने जानकारहरुले बताएका छन् । यस अघि पनि सो नगरपालिकाको कोपवामा यसै प्रविधिबाट ६ सय ७६ मिटर ढल निर्माण भइ प्रयोगमा छ । जुन सफल पनि भएको छ । यस विषयमा वडा नम्बर ६ का वडा अध्यक्ष गगनदेव राय यादवले लामखट्टुे बाट बच्न र जग्गाको बचत गर्ने उदेश्यले नगर प्रमुख प्रदिप यादवको सहयोगमा ढल निर्माण भइरहेको बताए । ढल निर्माण परश्चात् लगतै सडक ढलानको काम पनि हुने वडा अध्यक्ष यादवले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1