<
रौतहट,०७ गते जेठ । नेताहरुले चुनावको बेला ठूल–ठूला आश्वासनका पोकाहरु बाँडछन् । तर पदमा गएपछि आफूले गरेको वाचा भुसुुक्कै बिर्सिने गर्छन् । यस्तो भएपछि स्थानियहरु आक्रोशित हुनुु स्वभाविक हो । आम जनता अब चनाखो भइसकेका छन् । यदि जनप्रतिनिधीहरुले गरेको वाचा पुरा गरेन्न् भने त्यस्को खुलेर आवाज उठाउने गर्छन् । रौतहटको बौद्धीमाइ नगरपालिकाका नगर प्रमुख प्रदिप यादवले चुनावको बेला गरेको वाचा पुरा नगरेको भन्दै एक जना स्थानियले आक्रोश व्यक्त गरेका छन् । बौद्धीमाइ नगरपालिकाको वडा नम्बर ३ का स्थानिय मनोज बैठाले मेयर यादवले चुनावको बेला मतदाता सँग गरेको वाचा पूरा नगरेको आरोप लगाएका छन् । बैठा भन्छन् गत स्थानिय तहको निर्वाचनमा जनताको घरदैलोमा मेयर यादव पुुग्दा ठूलठूला गफहरु हाँकेका थिए । उनले किसानको लागि मलखाद्ध,उन्नतजातको बिउँ वितरणमा किसानलाइ ५० प्रतिशत नगरपालिका बाट दिइने वाचा गरेका थिए । त्यस्तै दलितहरुलाइ मौलापुरको मर्यादपुरमा रहेको दलित बस्ती निर्माण गर्ने,कृषि विमा गर्ने लगायत धेरै कुराहरु जो आम जनताको सेवा सुविधा सँग जोडिएको थियो ती सबैकुराहरु आफनो चुनावी घोषणापत्रमा उल्लेख गरेका थिए । तर ति सबै कुराहरु घोषणापत्रमै सिमित भएको भन्दै बैठाले आक्रोश व्यक्त गरेका छन् । उनी भन्छन् स्थानिय सरकार आएको दुुइ वर्ष वितिन लागेको छ । तर उनले भने अनुसार काम हुन सकेको छैन् । दलितहरु ललाइ फकाइ भोट मागेर जितेर पछि जनता सँग गरेको वाचा पुरा गर्न तर्फ ध्यान छैन् । मेयरले बजेट चलाइ लुटखसोट गर्ने काम गरेको आरोप लगाएका छन् । सडक चौडा गर्ने नाममा जनतालाइ दुःख दिने काम गरेको स्थानियको आरोप छ । हरेक वर्ष नाला सफाइ हुन्छ । वर्षात्को बेला फेरि ज्यूको तँयू हुन्छ । पैसा कसरी कुम्ल्याउने भन्ने काममा अहिलेको स्थानिय सरकार लागेको र नगरपालिकालाइ अस्तव्यस्त गर्ने काम मेयर यादवले गरिरहेको बैठाले गम्भिर आरोप लगाएका छन् । यस विषयमा बौद्धीमाइ नगरपालिकाका नगर प्रमुख प्रदिप यादवको मोबालइमा सम्पर्क गर्दा फोन रिसिभ भएन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1