<

 

काठमाडौं, ७ जेठ । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयता कार्यान्वयनमा सरकारको उदासीनता देखिएको आरोप लगाएका छन् ।

शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुँदै उनले संघीयता कार्यान्वयनसँग जोडिएका प्रदेश र स्थानीय तहसँग सल्लाह नै नगरेर नीति तथा कार्यक्रम ल्याएको आरोप लगाए ।

 

सरकारले राष्ट्रिय समन्वय परिषद् बैठक नै नराखेको भन्दै उनले बजेट बनाउने बेलमा प्रदेश र स्थानीय तहसँग सोधपुछ नै नगरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0