<

 

काठमाडौं, ७ जेठ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दातृ निकायसँगको ब्रिफिङमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजश्व संकलनमा कठिनाई भएको भन्न मिल्छ भन्दै प्रश्न गरेका छन् ।

 

शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुँदै उनले भने, ‘प्रधानमन्त्रीजीले दातृ निकायको प्रमुखहरुको ब्रिफिङमा राजश्व संकलन गर्न कठिनाई भइरहेको उल्लेख गर्नु भएछ । यो गर्न मिल्छ ?’

 

राजश्व संकलन गर्न सरकारले अन्तर्राष्ट्रिय निकायलाई गुहारेको भन्दै आपत्ति जनाएका अध्यक्ष ओलीले भने, ‘राजश्व संकलन गर्न सरकारले अन्तर्राष्ट्रिय निकायलाई गुहार्न मिल्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0