<
रौतहट,३० गते वैशाख । भन्सारको लूटकारी प्रावधान विरुद्ध आजपाद्वारा जारी आन्दोलन वर्षाको झरीमा पनि जारी रहेको छ । आज आन्दोलनको दशौं दिन पनि भन्सार बिभागमा आन्दोलनकारीहरुले कुनै गाड़ी छिर्न दिएकोछैन, धर्ना र घेराऊ कार्यक्रम जारी रहेको छ । भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पति लुट्ने काम तुरुन्त बन्द गर्न तथा भन्सार कानुनमा रहेको कथित ४५% पुरस्कारको लूटकारी प्रावधान हटाउन लगायतका माग सहित आजपाले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । भदौ महिना देखि शुरू भएको उक्त आन्दोलनका मागहरु, “राजस्व सम्बन्धी सम्पूर्ण कानुनमा एकरुपता ल्याऊन, भन्सार कानुनबाट पुरस्कार सम्बन्धी सम्पूर्ण प्रावधान हटाउने, भन्सार नियन्त्रणको नाममा निजी सम्पति लुट्ने काम बन्द गर्ने तथा नाका नाकामा भन्सार कार्यालय स्थापना एवं स्तरवृद्धि गर्ने” जस्ता मागहरु रहेकाछन् । उपरोक्त मागहरुको तुरुन्त सम्बोधन न भए आन्दोलन जारी रहने आजपाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1