Breaking News

आज नेपाली बजारमा सुनको भाउ बढ्यो

सुनको भाउ बिहीबार पाँच सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार कायम भएको छ । यसअघि, मंगलबार सुन तोलाको ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच निर्धारण भएको छ ।

चाँदीको भाउ भने एक रुपैयाँले घटेको छ। बुधबार एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय ३४ रुपैयाँ निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar