श्रीवास्तव,राैतहट,२० गते वैशाख । आम जनता पार्टी (आजपा)ले विहीवार भन्सार विभाग घेराउ गरेको छ । भन्सार कानुनमा रहेको ४५ प्रतिशत रकम सूचकलाई दिइने प्रावधानविरुद्ध आजपाले चौथो चरणको आन्दोलन सुरुआत गर्दै विहीवार भन्सार विभाग घेराउ गरेको हो । प्रभु साह नेतृत्वको आजपाको भ्रातृ संगठन आम सम्पर्क मञ्चले गत बैसाख १२ गते भन्सार विभागमार्फत सरकारलाई बुझाएको सचेतनापत्रमा घोषित कार्यक्रमअनुसार भन्सार विभाग घेराउ गरेको हो । भन्सार कानुनमा रहेको प्रावधानले डिउटीमै रहेका प्रहरी, सशस्त्र प्रहरी र कर्मचारी मिलेर ४५ प्रतिशत राजस्व लिँदै आएको आजपाको आरोप छ । यही प्रावधानलाई आजपाले लुटकारी प्रावधान र राजस्वमारा कानुनी प्रावधान भन्दै आएको छ । कानुन हटाउँदा निकै ठुलो परिमाणमा राजस्वमा वृद्धि हुने आजपाको ठहर छ । चौथो चरणको पहिलो दिनको कार्यक्रममा आजपा तथा मञ्चका कार्यकर्ताहरुले भन्सार विभाग घेराउ गरेका थिए । गत ६ महिनादेखि संघर्ष गरिरहेको आजपाको कुरा सरकारले सुनिरहेको छैन । रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र रुपमा निर्वाचित साँसद प्रभु साहले संसदमा पनि आवाज उठाउँदै आएका छन् । आजपाले राजस्वमारा कानुन हटाउँदा देशको समृद्धिमा योगदान पुग्ने तर्क दिँदै आएको छ ।
<
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1