<

काठमाडौं । इलाम-२ र बझाङमा उपनिर्वाचनको मतदान जारी रहेको छ ।

अहिलेसम्म इलाम-२ मा ४२ प्रतिशत मतदान भएको छ भने बझाङ प्रदेश सभा-१ मा ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले इलाममा अहिलेसम्म ४९ हजार मत खसेको जानकारी दिएको छ ।

आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म हुने आयोगले जनाएको छ । अहिलेसम्म मतदान शान्तिपूर्ण रुपमा संचालन भइरहेको छ ।
न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0