<

भक्तपुर । स्वतन्त्र पत्रकार संघ केन्द्रिय कार्यालय पोखराको टोली भक्तपुर पुगेको छ । केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको नेतृत्वमा आएको टोलीले भक्तपुरका विभिन्न क्षेत्रहरुको अवलोकन भ्रमण गरेको हो ।

टोलीले भक्तपुरको दरवार स्क्वायर क्षेत्र, टौमढी क्षेत्रलगायतको अवालोकन भ्रमण गरेको थियो । टोलीलाई केन्द्रिय सल्लाहकार एवं भक्तपुरका संस्थापक अध्यक्ष डा इन्दुल केसीले स्वागत गरेका थिए । साथै त्यस अवसरमा भ्रमणमा आएको टोलीलाई भक्तपुरका ऐतिहासिक, साँंस्कृतिक विषयवस्तुबारे गाइड गरेका थिए ।

उनले भक्तपुरको पाँंचतल्ले मन्दिर किन बनाए ?लगायतका ऐतिहासिक विषयवस्तुबारे जानकारी गराएका थिए । साथमा केन्द्रिय पार्षद् कृष्ण किसी पनि उपस्थित थिए । टोलीमा झण्डै दुई दर्जन सहभागी थिए । टोलीले शनिबार नै ललितपुरको पनि भ्रमण गर्ने जनाइएको छ । यसअघि शुक्रबार टोली काठमाडौं पुगेको थियो ।
न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0