<

काठमाडौं, १६ चैत ।

कांग्रेस केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा सदस्य जितजङ्ग बस्नेत एक समारोबीच अभिनन्दित भएका छन्। नेपाल तरुण दलमा आफ्नो योगदान दिएर पार्टीको मूल राजनीति हुँदै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकोमा नेपाल तरुण दल केन्द्रीय समितले बस्नेतलाई अभिनन्दन गरेको हो।

नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष विद्वान गुरुङले माननीय जितजङ्ग बस्नेतलाई दोसल्ला ओढाएर अभिनन्दन पत्रसहित कार्यकाल सफलताको शुभकामनासहित सम्मान गरेका हुन्।

कार्यक्रममा पूर्वतरुण दल अध्यक्ष एवम् कांग्रेस केन्द्रीय तथा प्रतिनिधि सभा सदस्य उदय शमशेर राणा र पूर्वतरुण दल अध्यक्ष विनोद कायस्थ विशेष अतिथि रहेका थिए।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0