<

काठमाडाैं, १६ चैत ।

नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको छ ।

 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला २१ सय रुपैयाँले बढेको छ । जसअनुसार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३० हजार रुपैयाँ कायम गरिएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २९ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।

 

यसअघि बिहीबार छापावाल सुन अहिलेसम्मकै उच्च तोलाको १ लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २७ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको भाउ पनि प्रतितोला १५ रूरुपैयाँले बढेर १५ सय २५ रुपैयाँ कायम भएको छ ।

 

बिहीबार चाँदीको भाउ प्रतितोला १५ सय १० रुपैयाँमा स्थिर रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार २३२.७५ डलर र चाँदी प्रतिऔंस २४.९५ डलरमा कारोबार भइरहेको छ ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0