<

मुकेश साह रौतहट ०७,चैत्र । 

रौतहटको गुजरा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ एक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

No description available.

गुजरा नगरपालिकाका प्रमुख सन्तलाल चौधरी तथा जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख बिपीन कुमार साहले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभयो । कार्यक्रमको अध्यक्षता ग्रहन गर्दै गुजराका नगरप्रमुख चौधरीले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउनुभयो ।

No description available.

कार्यक्रमका बिशिस्ट अतिथी जिल्ला खोप समन्वयका फोकल पर्सन अनिल कर्णले उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो ।  सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख बिजयबाबु चौधरी बताउनुहुन्छ ।

No description available.

चौधरीका अनुसार  राष्ट्रिय खोप तालिका अनुसार नगरका ९ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो । नगरपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाए नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा खोप दिने व्यवस्था गरेको छ ।

 

प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको घोषणा कार्यक्रममा जानकारी दिइएको थियो ।  पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गर्नुअघि गुजरा नगरपालिकाको प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीहरू पुगेको, पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी सर्वेक्षण गरिएको रङ्गपुर स्वास्थ्य चौकीका ईन्चार्ज सैफुल्लाह देवानले जानकारी दिनुभयो ।

 

देवानले भन्नुभयो, “सर्वेक्षण पश्चात् सबै बालबालिकाहरूलाई छुट खोप पूर्ण रूपमा प्रदान गर्न सफल भएका छौँ ।” आगामी वर्षमा पनी नगरपालिकाका बालबालिकालाई नेपाल सरकारले उपलब्ध गराउने सबै प्रकारका खोपको मात्रा पूरा गर्ने, कसैलाई पनि नछुटाउने र खोपसम्बन्धी कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धतासहित संयुक्त रूपमा हस्ताक्षर समेत गरिएको छ।

 

कार्यक्रममा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न सहयोग गर्ने युनिसेफ नेपालका अजित कुमार यादव, अभियान नेपालका मिलन मरासिनी,आरडिसीका प्रतिनिधी अर्सद आलम,रविना तामाङ , बाल क्लवका अब्दुल सलाम ,स्वास्थ्यकर्मी,स्वयंसेविका,जनप्रतिनिधी लगायतलाई कदर पत्र तथा मायाको चिनोले सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0