<

 

हेटौँडा,वैशाख २९ गते

कक्षा १२ को परीक्षा दिइरहेको समयमा एक परीक्षार्थी पक्राउ परेका छन् । मकवानपुरको हेटौँडास्थित आधुनिक राष्ट्रिय माविको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका रौतहट जिल्लाको वृन्दावन नगरपालिका–३, का २२ वर्षीय विवेक यादवलाई परीक्षा हलबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नाव उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले बताए ।

यादवलाई ६ महिना अगाडि कर्तव्य ज्यान कसुरमा मुद्दा परेको थियो । पक्राउ परेका यादवलाई मकवानपुर प्रहरीले रौतहट पठाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0