<

 

गौर,वैशाख २९ गते

रौतहटमा अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग द्धारा सुझाव संकलन गरिएको छ । आज आयोग र सरोकारवालाहरु बीच जिल्ला सदरमुकाम गौरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला समन्वय समितिका प्रतिनिधि, पालिका प्रमुखहरु, पार्टी प्रतिनिधीहरु, पत्रकार, नागरिक अगुवा एवं पीडितका प्रतिनिधिहरु सहभागी थिए । गौर स्थित जिल्ला प्रशासन कार्यलयको सभाकक्षमा भएको अन्तरक्रिया कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य उत्तम सुवेदी, सदस्य गणेशबाबु अर्यालले जिल्लाको अवस्थाको बारेमा जानकारी लिएका थिए ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जाँचबुझ आयोग गठन हुनु अगावै जिल्लामा ९२ वटा उजुरी दर्ता भएको बताए । जसमध्ये ८ वटा फर्छयौट भइसकेको उनले जानकारी गराए । तर आयोग गठन भएपछि बिहिवार सम्म २०९ वटा उजुरी परेका थिए, आज शुक्रवार मात्रै १५२ वटा गरेर ३६१ वटा उजुरी दर्ता भइसेको उनले जानकारी गराए ।

जिल्लामा रहेको १८ वटा स्थानीय तह मध्ये सबैभन्दा बढि कटहरियाबाट ३५ र सबैभन्दा कम राजदेवीबाट उजुरी दिनेको संख्या शुन्य रहेको आयोग समक्ष सिडियो मिश्रले जानकारी गराएका थिए । कार्यक्रममा सहभागीहरुले मिटर व्याज पिडीतहरुलाई न्याय दिन र पीडकहरुलाई कानुनी दायरामा ल्याउन सुझाव दिएका थिए । अन्तरक्रियामा उठेका जिज्ञासाहरुलाई आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य सुवेदीले सहजीकरण गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0