<
आरके श्रीवास्तव,गरुडा,वैशाख २९ गते ।
रौतहटको फतुवा बिजयपुर नगरपालिकामा ढलान कार्यको सुभारम्भ भएको छ । सो नगरपालिकाको वडा नम्बर ५ सन्तपुर दोस्तियामा सडक निर्माण कार्यको शिलान्यास गरिएको हो । आज (शुक्रबार) एक कार्यक्रमका बिच नेपाल कम्युनिष्ट पार्टी (एमाले) की मधेस प्रदेशकी समानुपातीक प्रदेश सांसद जैनव खातुनले सडक निर्माण तथा ढलान कार्यको शिलान्यास गरेकी हुन् ।
प्रदेश सांसद खातुनले फतुवा बिजयपुर र कटहरिया नगरपालिकाको विभिन्न वडामा नयाँ सड्क निकासा र सडक मर्मत तथा ढलान कार्यमा ६९ लाख, मन्दिर निर्माण तथा मर्मत सम्भारमा १० लाख, जनजगाह ६ लाख र चौतारा निर्माणमा १० लाखको लागतमा आफ्नो संसदीय कोष मार्फत करिब एक करोडको लागतमा निर्माण कार्य भई रहेको प्रदेश सांसद् खातुनकी स्वकीय सचिव मोमताजराय भाटले जानकारी दिएका छन् ।
सो अवसरमा बोल्दै प्रदेश सांसद खातुनले आफनो निर्वाचन क्षेत्रको विकासको लागि आफू हरदम तत्पर रहने बताएकी हुन् । उक्त शिलान्यास कार्यक्रममा एमाले मधेश प्रदेश कमिटी सदस्य सहबान खा, एमाले फतुवा विजयपुर नगर कमिटी अध्यक्ष एवम वडा अध्यक्ष रामएकवाल राय यादव, एमालेका वडा प्रत्यासी मोबिन आलम,जिन्सी शाखा प्रमुख हिरालाल महतो लगायत स्थानियहरूको उपस्थिति रहेको थियो । उक्त सडक ढदान हुने भएपछि स्थानीयबासी धेरै हर्षित भई खुशी ब्यक्त समेत गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1