<

 

बज्जिकाञ्चल,वैशाख २९ गते

राैतहट जिल्लाकाे गुजारा नगरपालिकाकाे कटानीमा दुई जना विपन्न परिवारलाई पसल सञ्चालन गर्न सहयोग गरिएको छ । इस्लामिक रिलिफ को आर्थिक सहयोग र आरडिसि नेपालको सहजीकरणमा कटानीमा रहेका बिपन्न परिबार मध्ये बाट आज छनोटमा परेका दुई परिबार लाई थाेरै भए पनि जीवन यापन सजिलो होस भनी सहयोग गरिएको हाे ।

एक परिबार लाई चटपटे पसलको लागि रु ४५०००/- बराबरको सामान र एक परिबार लाई किराना पसलको लागि सोही रकम बराबरको सहयोग वडा अध्यक्ष अशाेक चाैधरीको रोहबरमा बितरण गरिएकाे स्थानीय सुरेन्द्र तिमल्सिनाले जानकारी गराउनु भयाे । साे अवसरमा आरिडसि नेपालका कर्मचारी रमिला सहित स्थानीय भद्रभलादमीहरूकाे उपस्थिति रहेको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0