<

 राकेश यादव,राैतहट, २५ फाल्गुन।

भारतीय फ़िल्म जगतका चर्चित सुपरस्टार अभिनेता गोबिन्दा आहूजाले आमा बुवालाइ सधै माया स्नेह र सम्मान गर्नु पर्ने बताएका छन ।

No description available.

रौतहट जिल्लाको मौलापुर नगरपालिकाले महाशिव रात्रीको अवसरमा आयोजना गरेका मधानी महोत्सव २०८० को उदघाटन समारोहमा सहभागी हुन आएका बॉलीबुडका अभिनेता गोबिन्दाले आमा बुवा भन्दा ठूलो कोही नभएकोले आदर र सम्मान गर्नु पर्ने सुझाव दिएका हुन । नारी दिवसको सम्पूर्ण नारीलाइ सम्वोधन गर्दै अभिनेता गोविन्दाले भने नारी न भए संसारको विकास नै नहुने भएकोले महिलालाइ उच्च सम्मान गर्नु पर्छ ।

No description available.

मौलापुर नगरपालिकाले छोरीको विवाहमाँ गर्दै आएको सहयोगको सराहना गर्दै उनले भने नगरपालिकाले निशुल्क विजुली ,पानी ,कर जनतालाइ उपलब्ध गराएको कार्य राम्रो हो । १४ वर्षको उमेर देखि २१ बर्ष सम्म भगवान कृष्णको पूजा गर्दा आफु गोबिन्दा भएको स्मरण गराउदौ आफ्नो कर्म गर्दै गए गोविन्दा बन्नू हुन्छ भने विश्वास व्यक्त गरे ।

No description available.

५ वटा गीत गाउँदै बिदा भएका गोविन्दाले मौलापुर नगरपालिकाका मेयर रीना साह र प्रतिनिधि सभा सदस्य प्रभु साहको कारण मौलापुर आउन पाएकोमा हर्षित भएको बताए । मैले सोचेको थिएन यो ठाउमा आउछु उनले भने महादेवको कृपा र प्रभु साह तथा रीना साहको आग्रहमा आऊंन पाए धेरै ख़ुशी छू !

No description available.

मौलापुर नगरपालिकाले पुरातात्विक महादेव मन्दिरलाइ विश्व सम्पदाको सूचीमा सूचीकृत गराउने उदेश्यले २०७६ साल देखि मधानी महोत्सव आयोजना गर्दै आएका छन ।

No description available.

मधानी महोत्सवलाइ सफल बनाउनका लागि भारतीय कलाकार , स्वदेशी कलाकार तथा स्थानीय कलाकारलाइ बोलाउने गरेको छ ।

No description available.

महंगो पारिश्रमिक लिएर महोतस्वमाँ आएका गोविन्दालाइ हेर्नको लागि रौतहट ,बारा, र सर्लाही जिल्लाबाट दर्शक हरु आएका थिए ।

No description available.

गोबिन्दाको साथै भोजपुरी गीतकार बिनय बिहारी , नेपाली चलचित्र का नायक पल शाह , दिनेश डीसी , लगायतका कलाकारले आ आफ्नो प्रस्तुति देखाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0