<

महोत्तरी, २६ फाल्गुन ।

नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको १२औं राष्ट्रिय विस्तारित भेला बर्दिवासमा सुरु भएको छ।

सम्पूर्ण नेपालीका लागि वैज्ञानिक, व्यवहारिक र समावेशी संघीय सिक्षा, आदिवासी विश्वविद्यालय स्थापनार्थ उक्त भेला सुरु भएको केन्द्रीय समितिले जनाएको छ।

२६ र २७ गते हुने भेलाले पहिचानको बिषयमा समेत छलफल र अन्तरक्रिया गर्ने केन्द्रिय अध्यक्ष चित्र बहादुर पुलामीमगरले जानकारी दिए।

अहिले बिश्वविद्यालयले नेपाली मौलिकतालाई विर्साउने विदेशी सिक्षालाई अवलम्बन गरेको बताउँदै ३७ प्रतिशत आदिवासी, जनजातिको भाषाको विश्वविद्यालय स्थपना गर्न राज्य तयार हुनुपर्ने अध्यक्ष पुलामीमगरको भनाई छ।

उपसभामुख इन्दिरा रानामगरको प्रमुख आथितित्वमा हुने भेलामा देशैभरीवाट झण्डै १ हजार प्रतिनिधि भेला हुने आँकलन गरिएको छ।

कार्यक्रमको पुर्वसन्ध्यामा सांस्कृतिक र्‍याली सहितको झाकि पर्दसन, उदघाटन भब्य समारोह, प्रशिक्षणात्मक अन्तरक्रिया, स्थापना दिवसको अवसरमा विश्वविद्यालय स्थापनाको बहस र बन्दसत्रको कार्यसूचि रहेको विद्यार्थी संघ केन्द्रिय समितिले जनाएको छ।

गोरखाको लिगलिगकोटमा मगर राजा मान सिंह खडक मगरलाई षड्यन्त्रपुर्वक हत्या गरि राज्य सत्ता खोसिएसगैँ मगर राज्यको इतिहास समाप्त भएको बताउँदै मगरात स्वायत्त राज्यको विषयमा समेत बहस पारम्भ गरिने उपाध्यक्ष बिष्णु वहादुर पुलामीमगरले बताए।

भेलामा १ बर्षदेखी भएका कामहरुको समीक्षा गरिने छ भने आगामी माहाअधिबेशन समेत निर्धारण गरिने बताइएको छ।

२०७८ सालको जनगणना अनुसार आदिवासी जनजाती मध्ये सवैभन्दा बढी जनसंख्या मगर समुदायको नै देखिएको छ। पछिल्लो तथ्यांकअनुसार २० लाख ४१ हजार ५ सय ७८ जनसंख्या मगरको नै रहेको छ।

भेलाको अर्को  उद्देश्य यही जनसंख्या भित्र बोलिने  तीन भाषा मध्ये लोपोन्मुख अवस्थामा रहेको ढुट, खाम र काईके भाषाको संरक्षण गर्नुपनि रहेको आयोजक पक्षको भनाई छ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0