<

काठमाडौं, २४ फागुन ।

स्वरोजगार लघुवित्तको फागुन २६ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।

 

साधारण सभामा स्वरोजगारले ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीका अनुसार ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ । साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले फागुन १३ गते आइतबार बुक क्लोज गरिसकेको छ । बुक क्लोजभन्दा अगाडि कायम रहेका सेयरधनीले मात्र लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

सभा, नेपाल हाउस हात्तीसार, काठमाडौंमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0