<

काठमाडौं, २२ फागुन ।

मन्त्री मण्डलको संख्या र कार्यबिभाजन टुंग्याउनका लागि कार्यदलका बैठक बस्दैँछ ।

 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ गठबन्धन निर्माण भएसँगै गठन भएको कार्यदलको बैठक बस्न लागेको हो ।

 

बैठक दिउँसो २ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

 

सो बैठकले मन्त्रालय संख्या र जिम्मेवारी बाँडफाँड टुङ्गो लगाउन बारेमा प्रारम्भिक छलफल गर्नेछ ।

 

मन्त्रीहरूको बाँडफाँडका लागि एमालेबाट महासचिव शङ्कर पोखरेल, माओवादीका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठलाइ जिम्मेवारी दिइएको छ ।

नयाँ गठबन्धन निर्माण भएसँगै सोमवार नै बिना विभागीय मन्त्रीको रूपमा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले पद तथा गोपनियताको सपथ लिइसकेका छन ।न्युज करखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0