<

काठमाडौ, २२ फागुन ।

गोर्खाज फाइनान्स लिमिटेडले चैत २ गते वार्षिक साधारण सभा बोलाएको छ ।

 

सभामा आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

 

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले फागुन १८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।साथै, पुँजी संरचना परिवर्तन गरेर संस्थापक समूहको ५१ र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पेश हुनेछ ।

सभा, अनुपम फुडल्याण्ड एन्ड ब्यांकेट, बत्तीसपुतली, काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ ।न्युज करखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0