<

 

राैतहट,वैशाख २६ गते

राैतहटकाे फतुवा बिजयपुर–५ सन्तपुर दाे.को वडा कार्यालय अधिकांश समय बन्द हुने गरेकाे पाईएकाे छ । वडाको आफ्नै भवन भए पनि अधिकांश समय कार्यालय बन्द रहने गरेको स्थानीय नागरिकहरूले गुनासो गरेका छन् । वडा कार्यालयमा दैनिक कर्मचारी नहुने भएपछि सेवाग्राहीलाई समस्या हुने गरेको स्थानीय उदय शर्माकाे गुणासाे छ । जन्म दर्ताकाे प्रमाणपत्रकाे लागि हप्ता दिन देखि वडा कार्यालय धाउँदा धाउँदा थाकिसकेकाे उनले गुणासाे सुनाए ।

आज(मंगलबार) वडा कार्यालय बन्द रहेको तस्बिर खिच्न लाग्दा स्थानीय उदय शर्मालाई वडाका कर्मचारी मुजफ्फरले कुटपिट गरेकाे पिडितले फोन मार्फत जानकारी गराएका छन् । वडाका कर्मचारीले नै सेवाग्राही माथि हातपात गर्नु गलत भएको स्थानीयले बताएका छन् । पिडितले यस विषयमा आवश्यक छानबिन गरि दाेषिलाई कार्यवाही गर्न माग गरेका छन् । वडा कार्यालयबाट प्रदान गरिने हरेक सेवा वडा कार्यालयबाट प्रदान गरिनुपर्ने भए पनि सन्तपुरमा त्यो नभएको स्थानीयको गुनासो छ ।

सेवा लिने सेवाग्राहीले कार्यवाहक वडाध्यक्ष सहिद मिया अन्सारी सँग फोन सम्पर्क गर्ने र जहाँ भेटियो त्यही सेवा आदानप्रदान गर्ने गरेको स्थानीय शर्माले बताउनुभयो । यता वडाध्यक्ष वडा सचिव हिरालाल महताेले कार्यालय समय नभनीकन सेवा प्रदान गरिरहेको बताउनुभयो । अन्य समयमा पनि आवश्यक परेको खण्डमा सेवा प्रवाह गरिरहेकाे उनले बताए । कार्यालय खुले पनि नखुले पनि सेवा बन्द नभएको वडा सचिव महताेले दाबी गर्नुभयो । साे वडामा वडा सचिव सहित ३ जना कर्मचारी छन् ।

वडा सचिव महताेलाई अन्य वडा सहित जिन्सी शाखाकाे पनि नगरपालिकाले जिम्मेवारी दिएकाे छ । काम जिम्मेवारीले व्यस्तता त हुने भईहाल्याे । तर वडाका दुई जना कर्मचारी र कार्यवाहक वडा अध्यक्ष अन्सारीकाे पनि चरम लापरबाही देखिएको छ । वडा अध्यक्ष अधिकांश समय बाहिरै हुन्छन् । वडाका कर्मचारीहरू कार्यालयमा नै बस्दैन् । यस विषयमा कुरा गर्न दुवै पक्षलाई बाेलाएकाे नि.प्रमुख प्रशाकिय अधिकृत शम्भु कुमार यादवले जानकारी गराउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
3
+1
1
+1
2
+1
4