<
राैतहट,वैशाख २६ गते
राैतहटकाे कटहरियाका मेयर अजय प्रकाश जयसवालले शपथग्रहण पछि गरेको पहिलो निर्णय श्री जनता मावि कटहरियामा कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यमबाट निःशुल्क पठनपाठन गराउने वाचा विस्तारै पूरा हुँदै गएको छ । अहिले कक्षा ८ देखि १० दस सम्म पूर्णरूपमा व्यवस्थित तरिकाले पढाइ भईरहेकाे प्रधानाध्यापक सचिन्द्र प्रसाद यादवले जानकारी दिनु भयाे । बाँकी रहेका कक्षाहरू क्रमशः जनशक्ति तयार पार्दै सञ्चालन हुँदै जाने उनकाे भनाइ छ । अंग्रेजी माध्यमकाे कक्षा सञ्चालन गर्न शिक्षक व्यवस्था, भवन, फर्निचर व्यवस्थापन लगायतका आवश्यकता पूरा गर्नु पर्छ । याे सबै कुरा विस्तारै हुँदै जाने हाे । एकैचोटी व्यवस्थापन गर्न सकिदैन ।
प्रअ यादवले भने अंग्रेजी माध्यमकाे बारेमा जुन कुरा बाहिर आएकाे छ । त्याे गलत हाे । यस वर्ष मात्रै श्री जनता माध्यमिक बिधालय कटहरिया बाट एसईई परिक्षामा ४० जना सहभागी भई जाँच दिएकाे प्रधानाध्यापक यादवले जानकारी गराउनु भयाे । उनले आशा छ नतिजा राम्रै आउने छ । मेयर जयसवाले कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यमबाट निःशुल्क पठनपाठन गराउने निर्णय गरेका थिए ।
साेही बमोजिम नै अहिले कार्यान्वयन हुँदै गएको छ । मेयर जयसवालले कटहरिया नगरपालिकामा शिक्षा, स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै गईरहेका छन् । फलस्वरूप साेमबार प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा जनस्वास्थ्य प्रयाेगशाला र सर्प दंश उपचार केन्द्रकाे सुभारम्भ पनि गराएका छन् । नगरकाे केही बिधालयहरूमा धमाधम भाैतिक संरचनाहरू पनि निर्माण भईरहेका छन् ।
साथै कटहरिया नपाकाे सबै वडाका गल्ली गल्लीका सडक ढलान भईरहेका छन् । मेयर जयसवालकाे कार्यकाल एक वर्ष नपुग्दै कामहरू धमाधम भइरहेका छन् । यति हुँदाहुँदै मेयर जयसवालले कामहरू अगाडि बढाएन्न भने हल्लाहरू चलेका छन् । त्यस्ता हल्लाकाे पछाडि नलाग्न उनले आग्रह गरेका छन् । उनले अंग्रेजी माध्यममा नि:शुल्क शिक्षा सञ्चालनमा नै रहेकाे छ । मेयर जयसवालले नि:शुल्क रूपमा नगरपालिका बाट पाठ्यपुस्तक पनि उपलब्ध गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0