The sun and nine planets of our system orbiting. Clipping path included for the foreground objects.Opacity and bump textures for the earth and other planets map prepared via tracing images from www.nasa.gov.Earth texture:http://veimages.gsfc.nasa.gov/2431/land_ocean_ice_cloud_2048.jpgSimilar images:
<

काठमाडौं, ९ फागुन ।

अन्तरिक्ष वैज्ञानिकहरूले ब्रह्माण्डको सबैभन्दा चम्किलो चिज फेला पारेका छन्, जुन करिब १२ अर्ब वर्ष पुरानो र सूर्यभन्दा १७ गुणा ठूलो छ। यसलाई ब्ल्याक होल भनिन्छ।

 

यसको नाम क्वासर जिओ ५२९–४३५१ हो , जसलाई आजसम्मको ‘भोको ब्ल्याक होल’ को रूपमा वर्णन गरिएको छ किनभने यसले एक दिनमा एक सूर्य र एक वर्षमा ३७० सुर्य बराबरको ग्यास निल्छ। वैज्ञानिकहरूले यसलाई ब्रह्माण्डमा देखेको सबैभन्दा चम्किलो वस्तुको रूपमा वर्णन गरेका छन्, किनभने यसको द्रव्यमानले यसलाई ५०० ट्रिलियन गुणा उज्यालो बनाउँछ।

 

अष्ट्रेलियाली नेशनल युनिभर्सिटीका वैज्ञानिकहरूले युरोपेली दक्षिणी अब्जर्भेटरी (इसओ० मा जडान गरिएको भेरी लार्ज टेलिस्कोप (भीएलटी) मार्फत खोजी गरेका हुन ।  क्वासार ब्ल्याक होल यति ठूलो भएकोले ब्रह्माण्डको अन्य कुनै पनि वस्तुभन्दा धेरै ऊर्जा उत्सर्जन गरिरहेको वैज्ञानिकहरूले दाबी गरेका छन् । यो विशाल ब्ल्याक होलले आफ्नो वरिपरि आउने सबै चीजहरू निलिरहेको छ र कसैले कल्पना गर्न नसक्ने दरमा बढिरहेको छ।

 

खगोलविद् क्रिस्चियन वुल्फ भन्छन् कि हामीले अहिलेसम्मको सबैभन्दा छिटो बढिरहेको ब्ल्याक होल पत्ता लगाएका छौं, सबैभन्दा हिंस्रक र राक्षस जस्तै ब्याबहार यसले गरिरहेको छ ।

 

वैज्ञानिकहरुका अनुसार क्वासार ब्ल्याक होल टाढाबाट तारा जस्तो देखिन्छ। यो हाम्रो ग्रह पृथ्वीबाट यति धेरै टाढा छ कि यो हेर्न हामीलाई ज्ञद्द अरब वर्ष लाग्यो। हाल ब्रह्माण्डको आयु १३.८ बिलियन वर्ष छ। गत वर्ष ओटावा विश्वविद्यालयका राजेन्द्र गुप्ताले ब्रह्माण्ड करिब २६.७ अर्ब वर्ष पुरानो भएको दाबी गर्दै एक रिर्पोट  प्रकाशित गरेका थिए ।

 

यस ब्रह्माण्डमा आकाशगंगाहरूमा ब्ल्याक होलहरू बनेका छन्, जसले आफ्नो चरम गुरुत्वाकर्षण प्रयोग गरेर वरपरका चीजहरूलाई निल्छन्। यस ब्ल्याक होलले उत्सर्जन गर्ने कण र विकिरण यसको वरिपरि सर्कलमा घुमि रहन्छन्।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0