Breaking News

प्रदेश १

अरुण तेस्राेकाे टावर निर्माणका क्रममा अधिग्रहण गरिएका जग्गाको मुआव्जा वितरण सुरु

खोटाङ, १२ माघ ।  अरुण तेस्राे जलविद्युत् आयोजनाको प्रशारणलाईनको टावर निर्माणका क्रममा अधिग्रहण गरिएका जग्गाका धनीलाई मुआब्जा वितरण सुरु गरिएको छ । संखुवासभामा निर्माणाधिन चार सय केभी क्षमताको जलविद्युत आयोजनाको प्रशारणलाईनको टावर निर्माणका लागि साकेला गाउँपालिकामा अधिग्रहण गरिएका जग्गाका जग्गाधनीलाई मुआब्जा वितरण सुरु गरिएको हो । गत कात्तिक यता साकेला गाउँपालिकाभित्रका ३० जना जग्गाधनीलाई मुआव्जा वितरण गरिसकिएको अरुण तेस्राे जलविद्युत् आयोजनाका खोटाङ ... Read More »

जापानी मेयरलाई चिन्डो उपहार

खोटाङ, १३ माघ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जापानको तोचिगी नगरका प्रमुख ओखावा हिदेकोलाई नेपाली मौलिक संस्कृति, पहिचान र राष्ट्रियता झल्काउने सामग्री उपहार स्वरुप हस्तान्तरण गरेका छन् । मैत्रीपूर्ण भ्रमणका क्रममा जापान पुगेका मेयर भट्टराईले मेयर ओखावा हिदेकोलाई किरात समुदायको संस्कार संस्कृतिसँग सम्बन्धित् वाबु (चिन्डो), चोयाबाट बनेको भुने, थुन्सेदेखि नेपालको हिमाल, बुद्धको मूर्ति, दुई देशको झण्डाअंकित लगायतका ... Read More »

एउटै रूखमा झुन्डिएको अवस्थामा युवक र युवतीको शव फेला

झापा, १० माघ । झापाको कचनकवल–४ मा युवक र युवतीको झुण्डिएको अवस्थामा शव फेला परेको छ । एभरेस्ट चिया बगानको रुखमा स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशीको झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मंगलबार बिहान उनीहरुको शव फेला परेको र अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । गत साउन पनि कचनकवल– ... Read More »

विद्यालयमा विद्यार्थीले लगाएको ताला खोलियो

खोटाङ, १० माघ  खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योती माबिमा विद्यार्थीले लगाएको ताला खोलिएको छ । गत पुस १७ गतेदेखि बिदा दिइएको विद्यालय माघ ३ गतेदेखि खुले पनि प्रअ रामदेव यादव सहित पाँच शिक्षक अनुपस्थित भएको भन्दै छात्र÷छात्राले पुस ५ गते लगाएको ताला सोमबार खोलिएको हो । नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रुद्र कुमार राई, शिक्षा शाखा प्रमुख पदम कार्की, ... Read More »

तीन महिलाको हत्या प्रकरणः दोषी पत्ता लगाउन गृह–मन्त्रालयलाई पत्राचार

खोटाङ, ७ माघ  राष्ट्रिय महिला आयोगले खोटाङका तीन महिलाको विभत्स हत्यामा संलग्न दोषी पत्ता लगाउनका लागि गृह–मन्त्रालयलाई पत्राचार गरेको छ । आयोगले जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ सोभेकी ३७ वर्षीय देबी बिक, खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्माको विभिन्न मितिमा हत्या गर्नमा संलग्न दोषी पत्ता लगाउनका लागि मन्त्रालयलाई पत्रमार्फत अनुरोध गरेको हो ... Read More »

किशोरीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा एक युवक पक्राउ

खोटाङ, ६ माघ  खोटाङमा किशोरीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । आत्महत्या दुरुत्साहन गरेको कसुरमा रावाबेँसी गाउँपालिका–५ दुबेकोलका २५ वर्षीय अनन्त बिकलाई प्रहरीले पक्राउ गरेको हो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीय छात्रा रञ्जिता दाहाल विद्यालयबाट घर फर्कनेक्रममा मृत फेला परेको विषयमा प्रारम्भिक अनुसन्धानका क्रममा आत्महत्या दुरुत्साहन गरेको खुलेकाले बिकलाई नियन्त्रणमा लिएर ज्यान सम्वन्धी ... Read More »

कोभिड अस्पतालले निरन्तरता पाउँदा स्थानीय लाभान्वित

खोटाङ, ३ माघ खोटाङको रावाबेँसी गाउँपालिकामा कोभिड अस्पतालले निरन्तरता पाउँदा स्थानीय लाभान्वित भएका छन् । कोभिड–१९ को महामारीका बेला स्थापना गरिएको अस्थायी कोभिड अस्पताललाई पाँच शैयाको अस्पतालका रुपमा निरन्तरता दिइएपछि गाउँपालिकाका सर्वसाधारण लाभान्वित भएका हुन् । कुभिन्डेको हरमटारमा एक जना एमबिबिएस डाक्टर सहितको स्वास्थ्य सेवाले निरन्तरता पाएपछि पालिकाबासी सामान्य तथा जटिल किसिमका स्वास्थ्य समस्या भएको बेला जिल्ला अस्पताल दिक्तेल पुग्नुपर्ने ... Read More »

खोटाङमा विद्यालयबाट घर फर्कदै गरेकी बालिका मृत फेला

खोटाङ, २ माघ  खोटाङमा विद्यालयबाट घर फर्कनेक्रममा वेपत्ता बालिका मृत फेला परेकी छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीय रञ्जिता दाहाल सोमबार बिहान घरनजिकै खन्युको फेदमा मृत फेला परेकी हुन् । आइतबार दिउँसो घर फर्कनेक्रममा सम्पर्कविहीन बनेकी बालिकाको शव खन्युको फेदमा पासो चुँडिएर खसेको जस्तो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । बालिका ... Read More »

राष्ट्रपति भण्डारीले गरिन्,सुनसरीका धार्मिक स्थलको दर्शन 

विराटनगर, १ माघ  राष्ट्रपति बिदादेवी भण्डारीले सुनसरीमा रहेका धार्मिक स्थलमा दर्शन गरेकी छिन् । मकर सङ्क्रान्तिको अवसर पारेर नेपाली सेनाको हेलिकप्टरबाट आएकी राष्ट्रपतिले धार्मिक स्थल वराहक्षेत्र मन्दिर दर्शन गर्दै सप्तकोसी र कोका कौशिकी खोलाको सङ्गम स्थलमा स्नान गरेकी हुन् । उनले वराहक्षेत्र भित्रका विभिन्न मठमन्दिर प्रवेश गर्दै दर्शन गरेकी थिइन् । वराहक्षेत्र मन्दिरमा एक घण्टा बिताएकी राष्ट्रपति भण्डारीले तिर्थालु तथा भक्तजन ... Read More »

लगातार दोस्रो जित निकाल्दै एपीएफ सेमिफाइनल प्रवेश, मधेस प्रदेशको पहिलो जित

विराटनगर :  १माघ    जारी प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लब लगातार दोस्रो जित निकाल्दा मधेस प्रदेशले पहिलो जित हात पारेको छ । इटहरी स्थित जनता क्रिकेट पार्कमा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा एपीएफले आज बागमती प्रदेशमाथि ५३ रनको जित निकालेको हो । यो जित सँगै एपीएफ एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ ... Read More »

Bajjikanchal Khabar