<

 

सिन्धुली,वैशाख २५ गते

सिन्धुली/ नेपाली सेनाकाे प्रवक्ता एवं सैनिक जनसम्पर्क निर्देशनालयका निर्देशक सहायक रथी कृष्ण प्रसाद भण्डारीले सेना र जनताकाे सम्बन्ध महत्वपूर्ण हुने उल्लेख गर्नुहुदै सेना जनताकाे संगठित शक्तिकाे रूपमा रहेकाे बताउनु भयाे ।

मध्य पूर्वी पृतना हेडक्वाटर अन्तर्गत नम्बर ९ बाहिनी अड्डामा साेमबारबाट सञ्चालित रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रमकाे शुभारम्भ गर्नुहुदै सहायक रथी भण्डारीले राज्य र जनताकाे शुसम्बन्ध भए राज्य सफल हुने बताउनु भयाे । उहाँले सेनाकाे काम, कर्तव्य, अधिकार र शक्तिकाे बारेमा सर्वसाधारण सूसुचित हुनुपर्ने उल्लेख गर्नुहुदै उक्तकाम सञ्चारकर्मिले गर्नसक्ने बताउनु भयाे ।

सहायक रथी भण्डारीले सेनाकाे बारेमा बुझ्नु भनेकाे आफ्नै बारेमा बुझ्नु जस्तै भएकाे बताउनु भयाे । एउटा सिपाहीलाई तालिम लगायतका गतिविधिले तिखार्ने र सिपाहीहरू मिलेर बनेकाे सेनालाई सञ्चार क्षेत्रले तिर्खाने भण्डारीले बताउनु भयाे ।

कार्यक्रममा नम्बर ९ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी शक्तिजंग वस्नेत, रक्षा मन्त्रालयका उपसचिव रामेश्वर पाेखरेल लगायतकाे सहभागिता रहेकाे थियाे । चार दिनसम्म सञ्चालन हुने रक्षा संवाददाता अभिमुखि कार्यक्रममा दाेलखा, रामेछाप, सिन्धुली, महाेत्तरी, धनुषा, बारा, पर्सा, राैतहट, सर्लाही र सप्तरीका १९ जना सञ्चारकर्मीकाे सहभागिता रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0