<

 

मँजय राम,कटहरिया,वैशाख २५ गते

रौतहटको कटहरिया नगरपालिकामा नगर स्तरीय जनस्वास्थ्य प्रयोगशाला र सर्प दंश उपचार केन्द्र आजदेखि सञ्चालनमा आएको छ । सो नगरपालिकाको वडा नम्बर ५ मा रहेको कटहरिया प्राथमिक स्वास्थ्य केन्द्रमा एक कार्यक्रमका बिच कार्यवाहक नगरप्रमुख अजय प्रकाश जयसवाल र उपप्रमुख रिता देवी यादवले संयुक्तरूपमा समुद्धघाटन गर्नु भयाे । देश संघीयतामा गएसंगै सरकारले सबै ठाउँमा जनस्वास्थ्य प्रयोगशाला सामाग्रीहरु पुर्याउने नीति लिएको थियो । सोही नीतिको कार्यान्वयन गर्दै कटहरिया नगरपालिकाले साेमबार बाट नगरपालिकामा जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।

प्रदेश सरकार र संघिय सरकारको सहयोगमा लाखौं मूल्य बराबरकाे ल्याब सामाग्री ल्याएर सो प्रयोगशाला सञ्चालनमा आएको हो । जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि स्थानियहरु लाभाविन्त हुने भएका छन् । ग्रामीण क्षेत्रमा सेवा पाउने भएपछि स्थानियहरुले नगर प्रमुख जयसवाल लाइ धन्यवाद पनि ज्ञापन गरेका हुन् ।

ल्याब सञ्चालनमा आएपछि ग्रामीण भेगका गर्भवती महिला,बृद्धबृद्धा लगायतका बिरामी लाभान्वित हुने भएका छन् । यस अघि उक्त सेवा लिनका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो । अब उपरान्त सो समस्या समाधान हुने भएको छ । कटहरिया प्राथमिक स्वास्थ्य केन्द्रमा थाईराइड बाहेक बिपी, एल एफटी, आर एफटी, सुगर,ईको ईसिजी लगायत सबै किसिमका चेक जाँच हुने बताएको छ ।


सेवा सुचारुपछि ग्रामीण क्षेत्रका नागरिकलाइ आर्थिक भार कम हुने मेयर जयसवालले बताउनु भयो ।उनले भने अब सर्प दंशका बिरामीहरुको लागि गौर-चपुर जानु पर्ने बाध्यता अन्तय भएको छ । पहिला जिल्लाको दुईवटा ठाँउमा मात्र हुने गरेको यो उपचार अब यसै नगरपालिकाको वडा नं.५ शुरु भएको हुनाले यहाँका जनताको लागि खुशिकाे खबर रहेको बताउनु भयो । जिल्लाको मध्यभाग कटहरियामा सर्प दंश उपचार संचालन भएपछि आसपासका पालिकाका नागरिकहरुले पनि लाभान्वित हुने भएका छन् ।

नगर प्रमुख जयसवालले चुनावको बेला जनता संग गरेको वाचालाई मध्य नजर गर्दै सो सेवा केन्द्र संचालनमा ल्याएको बताउनु भयो । सर्प दंशकाे उपचार नहुँदा यहाँका जनताहरुले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता थियो ।

नगर बासीको ज्यु ज्यान रक्षा गर्न आफनो दायित्व रहेको भन्दै सोही अनुरुप कार्य गरिएको नगर प्रमुख जयसवालले बताउनु भयो । शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेकाे उनकाे भनाई छ ।

उद्वघाटन कार्यक्रममा नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साह,कार्यपालिका सदस्य दिलिप जयसवाल,वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता, वडा नम्बर ८ का वडा अध्यक्ष समिश विक्रम साह,याेजना शाखा प्रमुख रामनरेश यादव, प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख धर्मेन्द्र कुमार पटेल,स्वास्थ्य संयाेजक संजय जयसवाल, सह-संयोजक दिनेश प्रसाद यादव, स्वास्थ्य प्रमुख संजय जयसवाल लगायतका ब्यक्तिहरूको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0