<

क्षितिज विश्वकर्मा, फागुन, ८ लालबन्दी ।

उद्योग वाणिज्य संघ लालबन्दीको आयोजनामा हुन लागेको प्रथम लालबन्दी महोत्सव २०८० को उद्घाटन मधेश प्रदेश उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले गर्ने भएकी छिन ।

आईतबार संघका अध्यक्ष दिपेन्द्र बलम्पाकीले निवर्तमान अध्यक्ष कल्याण जोशि, सल्लाहकार गोपाल श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका कार्यकारी निर्देशक प्रदिप दत्त, प्रदेश सांसद बेची लुंगेलीसहित मन्त्रालय पुगेर मन्त्री यादवलाई प्रमुख अतिथीको निमन्त्रणा दिएका हुन । महोत्सवमा मधेश प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने पनि आउने संघका अध्यक्ष बलम्पाकीले जानकारी दिए ।

संघले कोरोनाकाल पछि सुस्ताएको लालबन्दी बजारको अवस्था परिवर्तनका लागी आर्थिक चहलपहल बढाउन, लालबन्दी विकास र परिचयको लागी यहि फागुन १० देखि १९ गतेसम्म प्रथम लालबन्दी महोत्सव २०८० को आयोजना गर्न लागेको हो । वडा नम्बर ६ स्थित राधाकृष्ण खेलमैदान हुन लागेको महोत्सवको नारा ‘कृषि, पर्यटन, व्यापार, स्वरोजगार, आत्मनिर्भरताको आधार’ भन्ने रहेको छ ।

औद्योगिक शान्ती नेपाल र संयुक्त नेपाल मेला महोत्सव ग्रुप को व्यवस्थापनमा हुने महोत्सवमा अहिलेका चर्चित कलाकारहरु करिव ८० जनाले आफ्नो प्रस्तुति दिनेछन । आफुहरुको १५ बर्षे अनुभवलाई लालबन्दी महोत्सवमा लगाउने र सफल रुपमा महोत्सव संचालन गर्न हरतरहको प्रयास गर्ने औद्योगीक शान्ति नेपालका महासचिव शंकर गुरुङले बताए । करिब ७१ लाख लगत अनुमान गरिएको महोत्सवमा झण्डै ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । आयोजकले महोत्सव अवलोकन गर्न आउने शारीरिक अशक्त र ज्येष्ठ नागरिक लाई प्रवेश शुल्क नलिने, विद्यार्थीलाई ५० रुपैँया मात्रै र सर्वसाधारणलाई ७० रुपैँयाको टिकट शुल्क निर्धारण गरेको छ ।

महोत्सवको लालबन्दी नगरपालिका संरक्षक, नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं र उद्योग वाणिज्य महासंघ मधेस प्रदेश सहयोगीान रहेका आयोजक उद्योग वाणिज्य संघ लालबन्दीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0