<

क्षितिज विश्वकर्मा, फागुन, ८ लालबन्दी ।

सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १० ताइवान टोलमा रहेको बिलिभर्स इस्टर्न चर्च भवनको सोमबार एक कार्यक्रमका बिच सिलान्यास गरिएको छ ।

हरिवन नगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको बिलिभर्स इस्टर्न चर्चको सर्लाही जिल्ला क्षेत्र नम्बर ३ क, बाट निर्बाचित माननीय जवाहरलाल कुशवाहा तथा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले संयुक्त रुपमा सिलान्यास गरेका हुन ।

ताइवान टोलमा बन्न लागेको बिलिभर्स इस्टर्न चर्चको सिलान्यास कार्यक्रममा बोल्दै प्रदेश सांसद जवाहरलाल कुशवाहाले चर्चको सफलता कामना गर्नुका साथै सबै धर्म र आस्थालाई आफुले समान ढंगबाट आदर गर्ने बताएका आयोजक बिलिभर इस्टर्न चर्च हरिवनका पास्टर बिष्णु राइले जानकारी दिए ।

कार्यक्रममा बिलिभर्स इस्टर्न चर्चका रौतहट जिल्ला परिषदका अध्यक्ष फादर महेन्द्र प्रसाद चौधरी लगायत सर्लाही जिल्ला भरिका चर्च फादरहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0