<

राैतहट,०२ गते फाल्गुन । 

वृन्दावन-माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने सरस्वती पूजा तथा वसन्त पञ्चमीको अवसरमा बुधबार वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोद प्रसाद कुर्मीले आफ्नो पालिका भित्रका सम्पूर्ण विधालयहरुमा सरस्वती माताको पुजा स्थलमा पुगी सरस्वती पुजा गरेर वसन्त पञ्चमी मनाउनु भएको छ।

बुधबार नगर प्रमुख कुर्मीले आफ्नो पालिका अन्तरगतको विभिन्न विधालय तथा शैक्षिक संस्थामाहरुमा अनुगमन तथा दर्शन गर्दै
उनले बिद्यालयलाई विद्याको मन्दिर ठानिने र विद्याकी देवी सरस्वतीको मन्दिर विद्यालय परिसरमा निर्माण हुँदा यसले बालबालिकालाई पठन लगावमा केन्द्रित गर्न बल पुग्ने अपेक्षा लिए।
र विद्यार्थीहरूले सरस्वती वन्दना गर्दै भगवतीसँग विद्या, बुद्धि र विवेक प्राप्तिको इच्छा राखेका थिए ।

शिक्षाकी अधिष्ठात्री देवी मानिने सरस्वतीलाई विशेषतः विद्यार्थी, कलाकार तथा सृजनाका क्षेत्रमा लागेका मानिसहरूले पुज्ने प्रचलन रहँदै आएकोछ भने सरस्वती पूजालाई श्रीपञ्चमी तथा वसन्त पञ्चमीको नामले पनि चिन्ने गरिन्छ ।

नगर प्रमुख कुर्मीले बिधार्थीहरुको हौषसलाका निम्ति नगर भित्रका हरेक बिधालयहरुमा आयोजित सरस्वती पुजा तथा सांस्कृतिक कार्यक्रमको लागि मा.वि.तहका बिधालयलाई,२५ हजार, नि.मा.वि. लाई १५ हजार र प्रा.वि.तहका बिधालयलाई १० हजार गरि सरस्वती पुजामा सहयोग स्वरूप रकम प्रदान गर्नुभएको छ।

बुधबार निरक्षण तथा अनुगमन गर्ने क्रममा नगर प्रमुख कुर्मी लागायत सो पालिकाका प्रमुख प्रसासकिय अधिकृत रनजय पटेल,शिक्षा संयोजक उपेन्द्र महतो,जिन्सी शाखा तथा स्वास्थ्य शाखा प्रमुख रासनरायण पटेल,योजना प्रमुख हरिदुलाल र नगरपालिकाका ईन्जिनियर दिलीप यादवको साथै विभिन्न शिक्षा प्रेमी तथा बुद्धिजीवीहरुको सहभागीता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0