<

 

राैतहट,फाल्गुन ३।

वृन्दावन नगरपालिका वडा नम्बर -५ नगरकटियामा रहेको श्री राम जानकी आधारभुत विद्यालयमा चार कोठे विद्यालय भवनको निर्माण को लागि शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।

बुधबार वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले सरस्वती पुजा तथा वसन्तपन्चमीको अवसर पारी एक कार्यक्रमका बिच सो भवनको शिलान्यास गरेका हुन्।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतको २२ लाख ५० हजार र नगर स्तरीय योजनाको २२ लाख ५० हजार गरि जम्मा ४५ लाखको लागतमा बन्ने सो भवनमा ब्रान्डा सहित ४ ओटा कोठाको निर्माण हुने भएको छ।

शिलान्यास पश्चात् नगरप्रमुख कुर्मीले,मानव जीवन जिउन र नगर र देश लाई समृद्ध बनाउनको लागि शिक्षा अपरिहार्य रहेकोले आफू शिक्षालाई विशेष प्राथमिकतामा राखेर अगाडि बढीरहेको बताए।

सोही कार्यक्रममा बोल्दै नगर प्रमुख कुर्मी, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतको २२ लाख ५० हजार रकमले दुईवटा कोठा मात्रै पुगिरहेको तर सो विधालयमा चार ओटा कोठाको खाँचो रहेको कारणले गर्दा वडा अध्यक्ष फेकु दास लगायत समस्त बिधालय परिवार र स्थानीय जनताको आग्रहले आफुले आफ्नो नगर स्तरीय योजना बाट २२ लाख ५० हजार दिएर सो कार्य सम्पन्न गर्ने उदेश्यले सो शिलान्यास सम्पन्न गरेको बताउनुभयो ।

नगर प्रमुखको सो सराहनीय कार्यले त्यहाँका स्थानीय अत्यन्तै अर्षित भएका छन् भने सो बिधालयमा अध्यनरत बिधार्थीहरु अब नयाँ भवनमा अध्यन गर्न पाउने भएकोले खुशी व्यक्त गरेका छन्।

उक्त भवनको शिलान्यास कार्यक्रममा नगर प्रमुख कुर्मी लागायत सो वडाका वडा अध्यक्ष फेकु दास र प्रमुख प्रसासकिय अधिकृत रनजय पटेल, शिक्षा संयोजक उपेन्द्र महतो,जिन्सी शाखा तथा स्वास्थ्य शाखा प्रमुख रासनरायण पटेल,योजना प्रमुख हरिदुलाल र नगर पालिकाका ईन्जिनियर दिलीप यादव,कमलेश कुश्वाहाको साथै विभिन्न शिक्षा प्रेमी तथा बुद्धिजीवी र स्थानीयहरुको सहभागीता समेत रहेको थियोे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0