<

रौतहट, बैसाख २५ ।

रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर ५ झुन्खुन्वा चोकमा मोटरसाइकल दुर्घटनामा परि दुई जना घाइते भएका छन् । चपुर गौर सडक खण्डमा सोमबार दिउँसो ३ बजेको समयमा गौरबाट चपुर तर्फ जादै गरेको प्रदेश २-०३-०१२ प ५५७७ नम्बरको अपाची मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

उनका अनुसार चालक माधवनारायण नगरपालिका वडा नम्बर ६ को २२ वर्षीय अभय ठाकुर साधारण घाइते तथा सोही मोटरसाईकलमा सवार २५ बर्षिय जग्गा ठाकुरको अवस्था गम्भीर रहेको जनाएको छ ।घाइतेहरुलाई बमनह चेक प्वाइन्टका प्रहरी टोलीले घटना स्थलमा पुगी उपचारका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको छ, भन्ने मोटरसाईकल सवार जग्गा ठाकुरलाई समान्य उपचार पछि थप उपचारका लागि नेशनल मेडिकल कलेज बिरगंजकामा रेफर गरिएको अस्पताल श्रोतले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0