<

रन्धिर साह, रौतहट, बैशाख २५ ।

रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित रहेको श्री आधारभुत बिधालय (क) कर्कच गुठीमा नयाँ वर्ष २०८० सुरु भएसंगै नयाँ बिद्यार्थी भर्ना प्रक्रिया पनि सुरु भएका छन् । सो बिधालयमा गत वर्षको तुलनामा यो वर्ष विद्यार्थीको नयाँ वर्ष तथा संख्यामा कमि आएको बिधालयका प्रधानाध्यापक कृष्णकुमार झाले बताएका छन् ।

उनका अनुसार बिधालयमा विद्यार्थीको संख्या धेरै तथा शिक्षकको संख्यामा कमि भएका तथा केही अभिभावकहरुले नाम लेखाउने काम सरकारीमा गर्छन् , भने पठन पाठनको लागि बोडिंमा लैजाने गरेको देखिन्छ । सेवा सुबिधा सरकारीको खानको लागि अभिभावकले यस्तो क्रियाकलाप गरेका कारण हामिले यो वर्ष बिद्यार्थीको संख्यामा कमि ल्याइ बिधालयमा प्रत्येक दिन उपस्थित हुने बिद्यार्थीको नाम लेख्ने निर्णय गरेका छौँ ।

सो बिधालयमा बाल बिकासदेखी कक्षा ८ सम्म पठन पाठन हुँदै आएको छ । नेपालको अधिकान्श सरकारी बिधालयहरुमा बाल बिकासदेखि कक्षा ८ सम्मनै अङ्ग्रेजी माध्यमबाट पठन पाठन हुँदै आएको छ । तर, हाम्रो बिधालयमा शिक्षकको कमिले गर्दा नेपाली माध्यमबाट नै अध्ययन गराउदै आएको छौँ ।

सो सन्दर्भमा पटक पटक शिक्षक दरबन्दिकालागी नगरपालिकामा भन्दा पनि नगरपालिकाद्वारा कुनै सहयोग हुन सकेक छैन । सो समस्यालाई हेरेर सोही वडाका वडा अध्यक्ष विष्मुप्रसाद दासले ६ वटा शिक्षक( शिक्षिका वडा सिफारिसमा पठाएका हुँन । बिधालयमा बाल बिकासमा ४७ जना, कक्षा १ मा ९१, कक्षा २ मा ८८, कक्षा ३ मा ८४, कक्षा ४ मा ११७, कक्षा ५ मा ६१, कक्षा ६ मा ६८, कक्षा ७ मा ७२ जना र कक्षा ८ मा ५३ जना छात्र छात्रा गरि ६ सय ८१ जना बालबालिकाहरु अध्ययन रत रहेका छन् । भने गत वर्ष ९ सय ३३ जना विद्यार्थीहरु रहेको प्र अ झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0