<

 सागर संगम ठाकुर ,रौतहट ,माघ २१ गते ।

नेपाल कलवार कल्याण महासंघको केन्द्रिय कार्यालय काठमाडौंको नौं बार्षिक साधारण गरुडामा सम्पन भएको छ । रौतहटको गरुडा नगरपालिकाको वडा नं.४ गरुडा स्थित रहेको कलवार धर्मशालामा आईतबार कलवार कल्याण समिती गरुडाले आयोजना गरेको कार्यक्रमममा विभिन्न जिल्लाबाट कलवार जातीका प्रतिष्ठित ब्यक्तिहरुको सहभागिता रहेको थियो।

ईन्जिनियर रामचन्द्र प्रसाद साहको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी क्षेत्र नं.१ क माननिय नागेन्द्र प्रसाद साह रहनु भएको थियो भने कार्यक्रमको बिशिष्ट अतिथि गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल रहनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै माननिय नागेन्द्र प्रसाद साहले कलवार समाजको एकतालाई साधारणसभाले अझ बलियो बनाएको बताए ।

कलवार समाज अरु समाज भन्दा कमजोर नरहेको बताउदै साहले केही व्यक्ति अरुको पछाडी र अरुको चापलुसि गरिरहेको बाताए छौ । सबै थोक आफुहरुसंग हुदाहुदैं अरुको कुरा मान्नेकार्य दुःखद रहेको बताउँछदै उनले कलवार समाजलाई एक हुनु अति आवश्यक रहेको बताए । कार्यक्रममा गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले कलवार जाति अति ठुलो भए पनि हामिमा एकता नहुनुको कारण हामि पछाडी परेको बताए ।” हाम्रो जातिका मानिसहरुलेनै आफ्नै जातिको मानिसहरुको खुटा तान्ने काम गर्ने गरेका देखिन्छ,उनले भने । त्यस कारणले हाम्रो जातिमाथिको अरु जातिको हावि भइरहेको छ ।”

कार्यक्रममा प्रमुख अतिथि साह र संस्थापकले उपस्थित भएका बिशिष्ट लगायत सम्पुर्ण मानिसहरुलाई मायाको चिनो र सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो । नेपाल कलवार कल्याण महासंघको केन्द्रिय सचिव एपोलो कुमार गुप्ताले कार्यक्रमलाई संन्चालन गरेका थिए भने साधारण सभामा ४१ भन्दा बढि समितिका अध्यक्ष लगायत ३०० प्रतिनिधि र प्रवेक्षक गरि ५०० जनाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा रौतहट जिल्लाको गरुडा नगरपालिकाको पुर्व नगर उपप्रमुख रंगिला देवी जैसवाल, गरुडा नगरपालिकाको वार्ड नं.५ महम्मदपुरको वडाअध्यक्ष रामबिनोद जैसवाल, कार्यक्रमको सफल र राम्रोसँग सम्पन होस भनी उदेश्यले दिनरात मिहिनेत गरेर काम गर्ने अहम भुमिका निर्वाह गर्ने नेपाल कलवार कल्याण महासँगको रौतहट जिल्ला सचिव रामबाबु साह कलवार, पुर्व माननीय अशोक जैसवाल, बरहथवा नगरपालिकाको नगर उप प्रमुख रामबाबु प्रसाद साह , बारागढी गाउँपालिकाको अध्यक्ष अशोक कुमार जैसवाल लगायत दर्जनौं वक्ताहरुले आफ्नो मन्तब्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0