<

 राैतहट,माघ २१ गते ।

रौतहटको माध्यमिक विद्यालय माधोपुरमा आजदेखी खेलकुद प्रतियोगिता शुरु भएको छ । जिल्लाको माधवनारायण नगरपालिका–६ माधोपुर स्थित रहेको माध्यमिक विद्यालयमा आइतवारदेखी विद्यालयस्तरी सप्ताहव्यापी खेलकुद प्रतियोगिता शुरु भएको हो । विद्यालय परिसरमा आइतवार आयोजित एक कार्यक्रमका बीच माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले नेपालको राष्ट्रिय झण्डा फहराएर उक्त प्रतियोगिताको उद्घाटन गरेका छन् ।

No description available.

आजदेखी शुरु भएको प्रतियोगिता एकसाता सम्म सञ्चालन हुने छ । प्रतियोगितामा विद्यार्थीहरुलाई क्रिकेट, फुटवल, कबडी कबडी, दौड लगाएतका खेलहरु खेलाइने बताइएको छ । प्रतियोगितामा विद्यालयका ४ सय छात्र छात्राहरु भाग लिने छन् । प्रतियोगितामा उत्कृष्ट हुने तिन जना विद्यार्थीहरुलाई शिल्ड, मेडल, कप सहित सम्मानित गर्ने कार्यक्रम समेत रहेको विद्यालयले जनाएको छ । प्रथम, द्धितीय र तृतिय हुने विद्यार्थीलाई सम्मान गरिने बताइएको छ ।

No description available.

बालबालिकालाई खेलप्रति अभिरुची बढाउने तथा खेलप्रति उनिहरुलाई आकर्षित गर्ने उद्देश्यले पहिलोपटक विद्यालयले खेलकुद प्रतियोगिताको आयोजना गरेको सो विद्यालयका प्रधानाध्यापक राम सिहांसन यादवले बताएका छन् । देशको विकासमा खेलकुद वा खेलाडीले समेत महत्वपूर्ण योग्दान पुरयाउने भएकोले खेलकुदको विकास हुने उद्देश्यले पनि विद्यालयको आयोजनामा खेलकुद प्रतियोगिता सञ्चालन गरिएको प्रधानाध्यापक यादवले बताए ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा माधवनारायण नगर उपप्रमुख निर्मला देवी रमन, वडा नं ६ माधोपुरका वडा अध्यक्ष राम नरेश राय यादव, माधोपुरका पूर्व वडा अध्यक्ष राजिव कुमार यादव, नेकपा एमालेका नेता भाग्यनारायण महतो, कार्यपालिका सदस्य जयप्रकाश पंडित लगाएतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0