काठमाडौं, १७ माघ ।
सम्भवतः आज राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दैँछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ १७ गते राष्ट्रिय समन्वय परिषद् बैठक बोलाएका हुन । सो समन्वय परिषद्को बैठकमा ‘प्रदेश प्रहरी समायोजन’ मुख्य अजेन्डामा छलफल हुने बुझिएकाे छ ।
नेपाल प्रहरीलाई प्रदेशमा समायोजन गर्नेबारेमा ५ वटा विषयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरु सहमत भए पछि प्रधानमन्त्री प्रचण्डले समन्वय समितिको बैठक बोलाएकाे स्राेतले बतायाे ।प्रदेशमा प्रहरी समायोजनका लागि दुई वटा ऐनमा समस्या देखिए पछि साे ऐनलाइ संशोधन र सुधार गर्न गृह मन्त्री श्रेष्ठ र सातै प्रदेशका मन्त्रीहरु सहमत भए पछि त्यसलाई टुंगो लगाउने परिषदकाे बैठक बाेलाइएकाे हाे ।
सो समन्वय परिषदमा मुख्यमन्त्रीहरु र उपप्रधान एवं गृहमन्त्री सदस्य रहेका छन हुन्छन् । न्युजकारखाना